Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हिरासतमा कस्तो छ रवीन्द्र र धवलको दिनचर्या ?


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र १९ २०८१
  • 2.4K
    SHARES

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरा भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका छन् । उनीहरूलाई चैत १५ गते राति प्रहरीले पक्राउ गरेको हो ।

तीनकुनेमा भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीलाई उत्तेजित बनाएर निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड गर्ने तथा हिंसात्मक वातावरण सिर्जना गर्ने आरोपमा नियन्त्रणमा लिइएको हो । प्रहरीका अनुसार उनीहरूमाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान भइरहेको छ ।

मिश्र र जवरालाई प्रहरीले एउटै कोठामा राखेको छ । उनीहरू हिरासतमा पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने र आपसी संवाद गर्दै समय बिताउने गरेका छन् । महामन्त्री जबरा क्यान्सरका बिरामी भएकाले उनको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै प्रहरीले आवश्यक व्यवस्था गरेको बताइएको छ ।

खानपानका विषयमा दुवैजना प्रहरीको सामान्य भोजन नखाई आफ्नै इच्छाअनुसार प्रहरी क्यान्टिनबाट खाना अर्डर गर्छन् । प्रहरीका अनुसार मिश्र र जबराले मासु र रोटी रुचाउँछन् भने जबराले बेलाबेला स्याउ र काजु पनि सेवन गर्ने गरेका छन् । उनीहरूले नियमित रूपमा ‘मिनरल वाटर’ मात्र पिउँछन् ।

उनीहरूलाई भेट्न राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, डा. प्रकाशचन्द्र लोहनी, पशुपति शमशेर जबरा, ज्ञानेन्द्र शाही र जयन्द्र चन्द लगायतका नेताहरू पुगेका छन् । प्रारम्भमा प्रहरी प्रशासनले मिश्रलाई अन्य थुनुवासँगै राखेको थियो । तर, मिश्रले असुविधाको गुनासो गर्दै सामान्य थुनुवासँग सुत्न कठिन भएको बताएका थि ए। गुनासोपछि प्रहरीले उनलाई जबरासँगै एउटै कोठामा राखेको हो ।

काठमाडौं जिल्ला अदालतले मिश्र र जबरालाई ५ दिनसम्म हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको छ । उनीहरूसँगै ११ जनालाई राज्यविरुद्धको कसुर र ३० जनालाई आपराधिक उपद्रवमा संलग्न रहेको आरोपमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४