Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रवीन्द्र, धवल र स्वागत नेपालसहित ९ जनाविरुद्ध ‘राज्यविरुद्धको मुद्दा’अघि बढाउने तयारी


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र १६ २०८१
  • 2.5K
    SHARES

काठमाडौं । राजधानीको तीनकुने क्षेत्रमा शुक्रबार भएको प्रदर्शनका क्रममा हिंसा भड्किएको आरोपमा पक्राउ परेका राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणासहित ९ जनाविरुद्ध ‘राज्यविरुद्धको अपराध कसुर’मा म्याद थप हुने भएको छ ।

पक्राउ परेका मिश्र, राणा,‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ का प्रवक्ता स्वागत नेपाल, शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्का, धर्मगुरु पुष्कर खतिवडासहित ९ जनाविरुद्ध ‘राज्यविरुद्धको अपराध कसुर’मा अनुसन्धान प्रक्रिया अगाडि बढ्दैछ। प्रहरीका अनुसार पक्राउ परेका सबैलाई आइतबार म्याद थपका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिनेछ ।

प्रहरीले उनीहरूलाई आन्दोलनलाई उग्र बनाउन महत्त्वपूर्ण भूमिका खेलेको ‘हार्ड कोर’ समूहको रूपमा व्याख्या गर्दै कानुनी प्रक्रिया अघि बढाउन लागेको छ । उक्त अभियोगमा ‘राज्यविरुद्धको अपराध कसुर’का साथै ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव, आगजनी, संगठित अपराध जस्ता गम्भीर अभियोग लगाइने बताइएको छ ।

शुक्रबारको प्रदर्शनपछि हालसम्म प्रहरीले ११३ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकामध्ये आवश्यक छानबिनपछि संगठित अपराध, आगजनी, ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । त्यही दिनको प्रदर्शनमा २ जनाको मृत्यु भएको थियो भने विभिन्न स्थानमा तोडफोड र आगजनीका घटनाहरू भएका थिए । घटनालाई उग्र बनाउने भूमिकामा रहेको आरोप लागेका दुर्गा प्रसाईँ भने अझै फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४