Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछापको बेतालीबाट जयपुर जाँदै गरेको गाडी खिम्ती छ्तउ्ने खोलामा दुर्घटना , ८ जना घाइते !


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र ३ २०८१
  • 3.1K
    SHARES

पुष्कर खड्का
रामेछाप । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका र लिखु तामाकोसी गाउँपालिकाको सिमानामा गाडी दुर्घटना भएको छ। जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं ६ र लिखु तामाकोसी गाउँपालिका वडा नं ६ खिम्ती छ्तउ्ने खोला नजिक फोर्स गाडी दुर्घटना भएको हो ।

रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं ४ बेतालीबाट भारतको जयपुर जाँदै गरेको भारतीय आर जे १४ टि डि ८६८७ नम्बरको फोर्स गाडी दुर्घटना भएको जिल्ला प्रहरीले कार्यालय रामेछापले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापले दिएको जानकारी अनुसार उक्त फोर्स गाडी ब्रेकको फेल भई सडकबाट करिब ५ मिटर तल खसेर दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । घाइते हुनेमा रामेछाप जिल्ला गोकुलगंगा गाउँपालिका –४ बेताली बस्ने सुस्मा खड्का, लेखबहादुर खड्का, पूर्णबहादुर सार्की, सुजन भुजेल रहेका छन् ।

त्यस्तै हेटौँडा उपमहानगरपालिका बस्ने तेजबहादुर खड्का, विष्णुदेवी खड्का, लालवन्दी नगरपालिका –१५ बस्ने कालीबहादुर खड्का घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख प्रदीप कुमार सिंहले जानकारी दिएका छन्  । उनले दिएको जानकारी अनुसार बाँकी यात्रु सकुशल रहेको र घाइतेको मन्थली अस्पतालमा उपचार भैरहेको बताएका छन्  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४