Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राजसंस्था समर्थकबीच तिक्तता, कसले गर्ने नेतृत्व ?


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन २८ २०८१
  • 2.2K
    SHARES

काठमाडौं । राजसंस्था पुनःस्थापनाको मागसहित सडकमा उत्रिएका विभिन्न राजावादी समूहबीच फुट देखिन थालेको छ । आइतबार काठमाडौंमा सम्पन्न ठूलो प्रदर्शनको श्रेय कसलाई जान्छ भन्ने विषयलाई लिएर नेताहरू एकअर्कामाथि आरोप–प्रत्यारोपमा उत्रिएका छन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रदर्शनको मुख्य श्रेय आफूलाई जानुपर्ने दाबी गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापामाथि आक्रोश पोखे । मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्ने माहोल आफूले निर्माण गरेको बताउँदै अन्य नेताहरूलाई फगत अवसरवादी मात्र भएको आरोप लगाए ।

प्रसाईंले संविधान निर्माणको बेला राप्रपाका नेताहरूले गरेको निर्णय नै राजसंस्था हट्नुको मुख्य कारण भएको आरोप लगाए । ‘२०७२ मा संविधान जारी गर्दा राप्रपाका नेताहरूले त्यसमा हस्ताक्षर नगरेको भए न राजसंस्था हट्थ्यो, न हिन्दू अधिराज्य समाप्त हुन्थ्यो,’ उनले भने ।

उनले राजसंस्थालाई पुनःस्थापित गर्न सक्ने एकमात्र व्यक्ति आफू भएको जिकिर गर्दै पूर्वराजालाई सही निर्णय लिन आग्रह गरे ।‘‘राजाले पनि बुझ्नुपर्छ, कलीयुगमा दुर्गा प्रसाईं जत्तिको अर्जुन भेट्नुहुन्न,’ उनको भनाइ थियो ।

प्रसाईंले विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्र शाहसँग लिङ्देन र थापाले गरेको भेटघाटप्रति असन्तोष जनाउँदै आफूलाई बेवास्ता गरिएको गुनासो गरेका छन् । काठमाडौं महानगरपालिकाले आइतबारको जुलुसपछि राप्रपालाई फोहोर गरेको अभियोगमा जरिवाना गराएपछि पनि उनी असन्तुष्ट देखिए । आन्दोलनको व्यवस्थापन आफूले गरे पनि जस अरूले लिएको उनको आरोप छ ।

यसैबीच, राप्रपा नेपालका अध्यक्ष कमल थापाले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने स्पष्ट पारेका छन् । सामाजिक सञ्जालमार्फत धारणा व्यक्त गर्दै उनले अहिलेको व्यवस्थामा देखिएको सिण्डिकेट, लुटतन्त्र र अराजकताविरुद्ध आवाज उठाउनु आवश्यक भए पनि समाधान लोकतन्त्रभित्रै खोजिनुपर्ने बताए ।

थापाले राजासहितको लोकतन्त्रलाई एक प्रभावकारी व्यवस्था बताउँदै बेलायत, जापान, नर्वे जस्ता मुलुकहरूको उदाहरण पेश गरे । ‘राजासहितको प्रजातन्त्र विश्वमै सफल मानिएको छ। त्यसैले सच्चा लोकतन्त्रवादीले राजा आउँदा आत्तिनु पर्दैन,’ उनले लेखेका छन् ।

यसरी, राजसंस्था पुनःस्थापनाको आन्दोलन व्यापक बन्दै गए पनि नेतृत्व तहमा विभाजन देखिन थालेको छ । जस लिने प्रतिस्पर्धाले आन्दोलनको एकतामा असर पर्ने संकेत देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४