Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पूर्वराजाको स्वागतमा राप्रपा अध्यक्ष लिङ्देन नजाने


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन २५ २०८१
  • 2.2K
    SHARES

काठमाडौं । पोखराबाट काठमाडौं फर्किंदै गरेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न राजावादीहरुले काठमाडौंमा विशेष तयारी गरेका छन् । राजावादी समर्थक तथा विभिन्न राजनीतिक दल र संघसंस्थाहरुको पहलमा भव्य र्‍यालीको आयोजना गरिएको हो ।

तर पूर्वराजा शाहको स्वागत र्‍यालीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी नहुने भएका छन् । पार्टीले स्वागत कार्यक्रमको नेतृत्व गर्ने जिम्मा प्रमुख सचेतक ज्ञानेन्द्र शाही र प्रवक्ता मोहन श्रेष्ठलाई दिएको छ । शाहीले यसबारे जानकारी दिँदै भने, ‘अध्यक्षज्यु आजको कार्यक्रममा सहभागी हुनुहुन्न । उहाँले मलाई र प्रवक्ता ज्यूलाई स्वागत कार्यक्रम अगाडि बढाउने जिम्मेवारी दिनुभएको छ ।’

प्रवक्ता श्रेष्ठले पनि अध्यक्षको उपस्थिति बारे कुनै आधिकारिक जानकारी प्राप्त नभएको बताएका छन् । राजावादी समर्थक समूहहरू काठमाडौंका विभिन्न स्थानमा भेला भएर पूर्वराजा शाहको स्वागत गर्न लागिपरेका छन् । गौशाला र तीनकुने क्षेत्रमा जम्मा भएर उनीहरू सिनामंगलस्थित विमानस्थलको मुख्य गेटतर्फ अगाडि बढ्नेछन् । त्यहाँबाट पूर्वराजासँगै स्वागत र्‍याली निर्मल निवाससम्म पुग्ने योजना रहेको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहको आगमनलाई लिएर विभिन्न राजनीतिक दल तथा राजसंस्था समर्थक समूहहरूबीच राजाको प्रिय बन्ने होडबाजी चलेको देखिन्छ । राप्रपा, राप्रपा नेपाल लगायत अन्य राजावादी समूहहरूले शाहको स्वागतलाई भव्य बनाउन विभिन्न तयारी गरेका छन् । यो अवसरलाई सदुपयोग गर्दै राजसंस्थाको समर्थनमा प्रदर्शन गर्ने योजना पनि बनाइएको छ ।

राजधानीमा ठुलो भिड हुनसक्ने तथा अनियन्त्रित गतिविधि हुन नदिन प्रशासनले विशेष सुरक्षा सतर्कता अपनाएको छ । सुरक्षाकर्मीलाई हाई अलर्टमा राखिएको छ भने प्रमुख स्थानहरूमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ । भिड व्यवस्थापन तथा शान्ति सुरक्षालाई मध्यनजर गर्दै प्रशासनले आवश्यक कदम चालेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४