Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ट्रम्पसँगको तनावलगत्तै बेलायत पुगे जेलेन्स्की, २.८ अर्ब डलरको सैन्य सहायतामा हस्ताक्षर


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन १८ २०८१
  • 2.7K
    SHARES

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको संवाद तनावपूर्ण बनेको २४ घण्टा नबित्दै युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले बेलायती प्रधानमन्त्री केइर स्टार्मरसँग अर्थपूर्ण भेटवार्ता गरेका छन् ।

डाउनिङ स्ट्रिटमा भएको छलफलपछि बेलायतले युक्रेनलाई २.८ अर्ब अमेरिकी डलर ऋण उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर गरेको छ । जेलेन्स्कीले बेलायतको समर्थनप्रति कृतज्ञता व्यक्त गर्दै उक्त रकम हतियार खरिदमा प्रयोग गरिने बताए । यसै क्रममा उनले बेलायती राजा चार्ल्ससँग पनि भेट्ने कार्यक्रम रहेको छ ।

बेलायतले युक्रेनलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री स्टार्मरले ‘युनाइटेड किङ्गडमभरिबाट युक्रेनलाई पूर्ण समर्थन छ’ भनेका छन् । जवाफमा, जेलेन्स्कीले कठिन समयमा युक्रेनका लागि बेलायत जस्तो सच्चा मित्र रहेकोमा खुशी व्यक्त गरे ।

अमेरिकामा भने जेलेन्स्कीले अप्ठ्यारो परिस्थितिको सामना गर्नुपर्यो । ह्वाइटहाउसमा राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँगको वार्ता विवादास्पद बन्यो । तीव्र असहमतिको कारण अमेरिका-युक्रेनबीच हुन लागेको खनिज सम्झौता रद्द गरियो, जसले दुई देशबीचको सम्बन्ध थप जटिल बनाएको विश्लेषकहरूले बताएका छन् ।

यसैबीच, बेलायती प्रधानमन्त्री केइर स्टार्मरले अमेरिका र युरोपबीच पुलको रूपमा भूमिका निर्वाह गर्ने प्रयास गरिरहेका छन् । आइतबार उनले लण्डनमा युरोपेली नेताहरूको बैठक आह्वान गरेका छन्, जसमा रुस-युक्रेन युद्ध अन्त्यको प्रयास तथा युरोपेली सुरक्षासम्बन्धी विषयमा छलफल हुनेछ ।

ह्वाइटहाउसमा अपमानित महसुस गरेका जेलेन्स्कीलाई बेलायतमा गर्मजोशीपूर्ण स्वागत गरिएको छ, जसले बेलायत-युक्रेन सम्बन्ध अझ प्रगाढ भएको संकेत गर्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४