Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सदुरपश्चिमेली महिलाहरुको पर्व गौरा पर्व आज बाट सुरु :


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र ७ २०७७
  • 12.5K
    SHARES

सदुरपश्चिमेली महिलाहरुको पर्व गौरा पर्व आज बाट सुरु:

जन न्युज नेपाल खवर प्रतिनिधि ।

सदुरपश्चिमेली महिलाहरुको पर्व गौरा पर्व आज बाट सुरु

नेपालको भाषा अनि संस्कारको जरो मानिने सुदूरपश्चिमीहरुको महान पर्व गौरा पर्व आजबाट सुरु भएको छ । खस राज्यको उद्गमभूमि अनि भाषा, संस्कृती, सभ्यताको जरा पनि बोकेको सुदूरपश्चिममा गौरा पर्व भाद्रशुक्लको षष्ठीदेखि अष्टमी तिथिसम्म विभिन्न धार्मिक कार्यहरूको आयोजना गरेर मनाइन्छ । प्राचीन हैह्यवंशी राजामध्येका सहस्त्रार्जुनले भृगुवंशी ब्राह्मणहरुबाट आफ्नो धन फिर्ता माग्ने क्रममा ब्राह्मणलाई मारेपछि विधवा भएकी ब्राह्मणीहरुले आफ्नो सतित्व रक्षार्थ निराहार रही गरेका उपासनाको फलस्वरुप एक ब्राह्मणीले तेजवान पुत्र लाभ गरिन् र सोही पुत्रको तेजले अन्धा हुन पुगेका सहस्त्रार्जुन नाम गरेका ती राजाले माफी माग्नुपरेकाले गौरी अर्थात् पार्वतीलाई सर्वशक्तिमान सम्झी उनकै सम्झनामा गौरा पर्व मनाउन थालिएको हो ।

यो पर्व विशेष गरी डोटी र कुमाउँमा परापूर्व कालदेखी नै मनाईदै आइरहेको मान्यता रहि आएको भएता पनि यो पर्व भने सुदुरपश्चिमका रहेक क्षेत्रका लागी उतिकै महत्व रहेको छ । सनातन धर्ममा उल्लेख भए अनुरुप सुदूरपश्चिमीहरुका महिलाका लागी यो पर्वमा विशेष पर्व रहेको छ ।

विवाहित महिलाहरुले सौभाग्यका रुपमा यो पर्व मनाउने गर्दछन् । गौरा पर्व अर्थात भाद्रको यो महिनालाई हरियाली अनि पानीका थोपाहरुसंगै वैदिक सनातन संस्कार मान्ने विवाहित महिलाहरुले सौभाग्यका रुपमा मनाउने गर्दछन् ।
गौरा पर्वको पहिलो दिन गौरापर्व मनाउने समूदायका महिलाहरूले निराहार बसी आ–आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा बिरुडा अर्थात् पाँच थरीका गेडागुडी भिजाउने र त्यसलाई प्रसादका रुपमा ग्रहण गर्छन् ।

बिरुडा भिजाएपछि दोश्रो दिन पानीका मुहान र पँधेरामा शुभ शाइतमा सामूहिक रुपमा बिरुडा धोएर गौराको प्रतिमा बनाई गौराघरमा भित्र्याउँछन् । गौरालाई गौराघरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा) को पूजा आराधना गर्ने गरिन्छ । गौरा भित्र्याइसकेपछि विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा स्थानीय लोक भाषामा मागल गायर वा देउडा खेलेर रमाइलो गरेर मनाउन्छन् गर्दछन् । तर पछिल्लो समया यो पर्व देशका अन्य क्षेत्रमा समेत मनाइने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४