काठमाडौँ । नेपाल निजामती कर्मचारी संगठन नवलपरासी”ब•सु•पु”को सचिवमा रामचन्द्र खडका चयन हुनुभएको छ । कावासोती, जिल्ला समन्वय समितीको सभाहलमा भएको दोस्रो अधिवेशनले सर्वसम्मत रुपमा खडका लाइ” सचिव सहित नयाँ कार्यसमिति चयन भएको छ । खडकाले बिगत लामो समय देखि नै नेपालको साहित्य क्षेत्रमा कलम चलाउदै आउनुभएको छ ।
यसरी लडायैा मलाई यार भन्ने कुनै ठाउँ थिएन ।
बाटो देखायैा शहर जाने जादा कुनै गाउँ थिएन ।
यी र यस्ता थुप्रै गजलहरुको संग्रह प्रेमिल अनुभूति गजल कृति २०८१ साल मंसिर ८ गते रिपोर्टस क्लवमा लोकार्पण गर्नुभएको छ ।
खडकाले लेख्नुभएको गजल टोलाईरहे पढाइ सकियो अब जागिर कसले दिन्छ !
बिहेमै अनुपस्थित भयैा अब हाजिर कसले दिन्छ
चौतारीको वर पिपल कसरी छुट्याउ प्रिया !
जन्म नै अभागी भएसी तकदिर कसले दिन्छ
अहिले सामाजिक सन्जालमा भाईरल भएका छन ।
खडकाले प्रेममा मात्र नभई समाजका बिभिन्न क्षेत्रमा कलम चलाउदै आउनु भएको छ ।
उहाले लेख्नुभएको समयसान्दभिक एक गजल
बाच्नकै लागि कसैले करोडमा बुझाए
ठेगाना नभएका लालपुर्जा रोडमा बुझाए
बिउझिन जानेरै पनि,बिहानिले मरण रोज्यो
डुवानमा परेपछि तराई चित्त पहाडमा बुझाए ।