काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको प्रवक्ताको जिम्मेवारी प्रहरी नायव उपरीक्षक (डीएसपी) पूर्णिमा कुमारी चन्दले पाएकी छन् ।
परिसरका प्रमुख एसएसपी वसन्त रजौरेले बुधबार एक सूचना जारी गर्दै डीएसपी चन्दलाई प्रवक्ताको जिम्मेवारी दिइएको बताए ।
यसअघि प्रवक्ता रहेका नवराज अधिकारी एसएसपीमा बढुवा भएपनि उनको ठाउँमा चन्दलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो । प्रहरी वृत्त स्वयम्भूमा कार्यरत चन्द केही समयअघि मात्रै परिसरमा सरुवा भएकी थिइन् ।