Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संघिय सांसद एकनाथ ढकालले श्रीलंकाका प्रधानमन्त्री र सभामुखलाई दिए नेपाल भ्रमणको निम्तो !


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष २५ २०८१
  • 1.6K
    SHARES

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम पूर्वमन्त्री एकनाथ ढकालले मित्र राष्ट्र श्रीलंकाको नबनिर्बाचित प्रधानमन्त्री हरिणी अमरासुरियासंग बुधबार कोलम्बोमा भेट गरेका छन् । श्रीलंकाको प्रधानमन्त्री कार्यालयमा भएको भेटमा द्विपक्षीय हित र मित्रता अभिबृद्धि गर्ने बारे छलफल भएको ढकालको सचिवालयले जनाएको छ ।

सांसद ढकालले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फवाट प्रधानमन्त्री हरिणी अमरासुरियालाइ शुभकामना दिदै उपयुक्त समयमा नेपालको मैत्रीपूर्ण भ्रमणको लागि समेत आग्रह गरे । प्रधानमन्त्री हरिणी अमरासुरियाले नेपालसंगको बिशेष मैत्रीपुर्ण सम्बन्धलाई जोड दिदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुभकामना संदेश पठाएका थिए ।

साथै सांसद ढकालले श्रीलंकाली नबनिर्बाचित सभामुख डा जगत विक्रमारत्ने संग संसद भवनमा शिष्टाचार भेट गरि नेपालका सभामुख देबराज घिमिरेको तर्फवाट सभामुख डा जगत विक्रमारत्नेलाइ शुभकामना दिदै उपयुक्त समयमा गौतम बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमणकोलागि समेत आग्रह गरे । त्यसै गरि सांसद ढकालले श्रीलंकाको संसद्को प्रमुख प्रतिपक्षी दलका नेता साजिथ प्रेमादासासंग समेत भेट गरि अन्तरक्रिया गरेका थिए ।

पूर्व मन्त्रि समेत रहेका ढकाल श्रीलंकाको २ दिने मैत्रीपुर्ण भ्रमणमा छन् । ढकाल प्रतिनिधि सभाको अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सदस्य हुन् । नेपाल र श्रीलंका बीच सन् १९५७ मा कुटनैतिक सम्बन्ध स्थापना भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४