Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लोकतन्त्रमा प्रेस स्वतन्त्रता अनिवार्य : नेता सिटौला


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष १८ २०८१
  • 3K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं राष्ट्रियसभामा सो पार्टीका संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले लोकतन्त्रमा प्रेस स्वतन्त्रता अनिवार्य हुनुपर्छ भन्ने मूल्यमान्यताप्रति पार्टी अडिग रहेको बताएका छन् ।

पार्टीको कोशी प्रदेश सूचना, सञ्चार तथा प्रचारप्रसार विभागद्वारा बुधवार आयोजित नेपाल पत्रकार महासङ्घको निर्वाचनमा नेपाल प्रेस युनियनकोतर्फबाट विजयी सञ्चारकर्मीलाई सम्मान कार्यक्रममा उनले लोकतान्त्रिक शासन प्रणालीको सुदृढीकरणमा सञ्चारजगतको महत्त्वपूर्ण योगदान रहेको विचार राखे ।

नेता सिटौलाले सञ्चारकर्मीले जनताको हकअधिकारप्रति सदैव जागरूक गर्दै आइरहेको चर्चा गर्दै सञ्चार जगत् प्रजातन्त्र र लोकतन्त्रको पहेरदार रहेको विचार राखे ।

उनले श्रमजीवी पत्रकारको आर्थिक अवस्था अत्यन्त नाजुक रहेको चर्चा गर्दै नेपाली कांग्रेसले उनीहरूको समस्याको उठान गरी समस्या समाधानतर्फ लाग्नुपर्ने सुझाव दिए ।

कोशी प्रदेश समितिका अध्यक्ष एवं पूर्वमुख्यमन्त्री उद्धव थापाले लोकतन्त्र ल्याउन सञ्चारमाध्यमले ठूलो भूमिका निर्वाह गरेको चर्चा गरे । कोशीका महामन्त्री एवं भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले गणतन्त्रलाई बलियो बनाउन सञ्चारकर्मीले कलम चलाउन आग्रह गरे । उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिंह हाङगामले मुलुकको समृद्धिमा सञ्चारकर्मीहरूले योगदान दिन आग्रह गरे ।

कार्यक्रममा पार्टी केन्द्रीय सदस्य डा डिला सङ्ग्रौला र अमृत अर्याल लगायतले नेपाली कांग्रेस प्रेस स्वतन्त्राप्रति प्रतिबद्ध रहेको बताए । सो अवसरमा नेता सिटौलाले युनियनबाट विजयी भएको १४ जिल्लाका सञ्चारकर्मीलाई सम्मान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४