Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओलीमाथि भीम रावलका आरोपैआरोप, ७४ बुँदे प्रश्न (पूर्णपाठ)


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष १७ २०८१
  • 2.6K
    SHARES

काठमाडौं । नेकपा (एमाले)बाट निष्कासित भएका नेता भीम रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्नैप्रश्न गरेका छन् । बुधबार कार्की व्यंक्वेटमा पत्रकार सम्मेलन गरी उनले ओलीमाथि आरोपको वर्षा गरेका हुन् । 

उनले ३१ बुँदे दस्तावेजमा ७४ बुँदामा प्रश्न ओलीलाई प्रश्न सोधेका छन् । एमालेबाट निकालिएपछि रावलले अब मातृभूमि जागरण अभियान चलाउने घोषणा पनि गरेका छन् । 

उनले एमालेमा ५ दशक लामो संगठित सदस्यता खोसेपछि नयाँ बाटो खोज्न बाध्य भएको पनि बताएका छन् । 

पत्रकार सम्मेलनमार्फत नयाँ पार्टीको घोषणा गर्ने चर्चा  थियो । तर, उनले नयाँ पार्टीको घोषणा गरेनन् । यद्यपि, रावलले मातृभूमि जागरण अभियान चलाउने भएका छन् । उनले मातृभूमि जागरण अभियान सञ्चालन गरेर देश र जनताको हक र हितका लागि सबै देशभक्त इमान्दार शक्ति, व्यक्ति र समुदायलाई एकताबद्ध गर्ने बताएका छन् ।

“देश र जनताले भोगिरहेका समस्याहरूको समाधान र चुनौतीहरूको सामना गर्दै स्वाधीन, स्वतन्त्र र स्वाभिमानी नेपाललाई पुनर्जागरणको दिशामा अगाडि बढाउनुपर्छ । स्वदेश र प्रवासमा रहेका नेपालीहरूका आवाज, आकांक्षा र आवश्यकतालाई गहिरो गरी मनन र विश्लेषण गर्दै राज्य र राजनीतिलाई त्यसको सेवामा समर्पित गर्नुपर्छ,” उनले भनेका छन् ।

देशको जनशक्ति र प्राकृतिक स्रोत सर्वप्रथम देशको सर्वोपरि हितमा परिचालित र उपयोग हुनुपर्ने कुरालाई नीति र निर्णयमा स्थापित गर्नुपर्ने उनको भनाइ छ ।

“राजनीति, राजनीतिक दल, सिद्धान्त सबै देशको सर्वोपरि हित पूरा गर्न माध्यम र साधन मात्र हुन्, देश सबैभन्दा माथि हुन्छ धारणालाई बलियो गरी अबलम्वन गर्नुपर्छ । राजनीति दल र राज्यका सबै अवयव र संयन्त्रहरू राष्ट्रिय हित, जनताको समृद्धि र कल्याणमा केन्द्रित र सञ्चालित हुनुपर्छ,” उनले भनेका छन् ।

उनले अगाडि भनेका छन्, “यसका लागि विधि, पद्धति, प्रणाली र सुशासनको बाटोमा निस्वार्थरूपमा दृढताका साथ हिँड्नुपर्छ यस्ता मान्यताहरूको आधारमा देश र जनतासंग सम्बन्धित समग्र विचार, कार्यक्रम, नीति तय गर्दै देश र प्रवासमा अभियान सञ्चालन गर्दै देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माण अपरिहार्य बनेको छ। यसैतर्फ हाम्रो पाइला र प्रयासहरू अगाडि बढ्ने छन् ।”

रावलले केपी ओलीलाई प्रश्न गर्दा अर्थमन्त्री विष्णु पौडेल र न्यायाधीश कुमार रेग्मीमाथि गम्भीर प्रश्न उठाएका छन् । ओलीकै निर्देशनमा अख्तियारले उनीहरूमाथि मुद्दा नचलाएको ओलीको छ । “ललिता निवासको जग्गा अवैधरूपमा लिएका पार्टीका महासचिव विष्णु पौडेल र न्यायाधीश कुमार रेग्मीले फिर्ता गर्छु भनेको भन्दै अख्तियारले मुद्दा नचलाएको तपाईं (केपी शर्मा ओली)कै निर्देशनमा भएको होइन र ?,” रावलले भने, “कसैले चोरेको सामान फिर्ता गर्छु भन्दैमा चोरीमा कारबाही नहुने कानुन छ र ?”

उनले ओलीले न्यायालयदेखि राज्य सत्ताका सबै कुराको दुरुपयोग गरेको आरोप लगाए ।

नेता रावलले आफूले पार्टी छाडेको भनेर प्रचार गरिएको भन्दै आपत्ति पनि जनाए । एमाले महासचिव शंकर पोखरेलले आफूलाई पार्टी छाडेको भनेर भ्रम छरेको उनको भनाइ छ ।

रावलले भनेका छन्, “यही पुस १० गते सचिवालयको बैठकबाट मलाई पार्टी सदस्यबाट निष्कासित गर्ने र त्यसबारे पार्टीका उपमहासचिवले सञ्चारकर्मीलाई जानकारी गराउने तर निर्णय भएको दुई दिन पछि महासचिवले ‘भीम रावललाई हामीले निकालेका होइनौँ आफैँ छोडेर गएको हो’ भनी सार्वजनिक अभिव्यक्ति दिनुले झुटा र भ्रमको आधारमा चल्ने चरित्रको थप पर्दाफास हुँदैन र ?”

उनले पोखरेललाई अगाडि सोधेका छन्,  “कि यस्तो बोल्ने कुबुद्धि पनि यान्त्रिक बौद्धिकता (एआई) ले दिएको हो ?”

यस्ता छन् उनका आरोप पूर्णपाठ पढ्नुहोस्

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४