Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रवि लामिछानेमाथि गरिएको दुर्व्यवहार खेदजनक छ :- शर्माको भनाईले कांग्रेसमा हंगामा !


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर २५ २०८१
  • 3.1K
    SHARES

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य डा. सुनिल शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी “रास्वपा”का सभापति रवि लामिछाने माथि भएको धरपकडको विरोध गर्नु भएको छ । 

नेपाली कांग्रेस जस्तो प्रजातान्त्रिक पार्टीको गृहमन्त्री भएको अवस्थामा पनि तानाशाही तवरबाट देशको चौथो ठुलो दलको पार्टी सभापति तथा पूर्व उपप्रधान तथा गृह मन्त्रि रवि लामिछाने माथि दुर्व्यवहार भएको भन्दै उहाँले विरोध  गर्नु भएको हो । 

 कुनै पनि व्यक्तिलाई अनुसन्धानको नाममा धरपकड गर्ने, बिरामी हुँदा पनि अस्पतालसम्म जान नदिने, उपचार पाउनु पर्ने नागरिकको हकमा बन्देज गर्ने, अनुसन्धानको नाममा मानसिक तनाव दिने, दुर्व्यवहार गरी मानव अधिकार उल्लङ्घन गर्ने जस्ता कार्य निन्दनीय तथा खेदजनक भएको शर्माले फेसबुकमार्फत बताउनु भएको थियो । 

‘नेपालजस्तो प्रजातान्त्रिक मुलुकमा नेपाली काँग्रेस जस्तो प्रजातान्त्रिक पार्टीको गृहमन्त्री हुनु भएको अवस्थामा पनि तानाशाही तवरबाट रवि लामिछानेलाई गरिएको वर्तावको भर्त्सना गर्दछु ’, उहाँको भनाइ रहेको छ , ‘अनुसन्धानलाई जतिसक्दो चाँडो पुरा गरी न्यायालयमार्फत न्यायिक निरूपण हुनु पर्ने र न्यायालयको फैसलालाई सबैले सम्मान गर्नुपर्ने यथार्थमा नाटकीय ढंगबाट प्रहरी हिरासतको शृङ्खलाले सबैलाई सशङ्कित पारेको छ ।’

यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि रविमाथि भएको दुर्व्यवहारको विरोध गर्नु भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४