Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एयरलाइन्स कम्पनीहरूलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन मन्त्री पाण्डेको निर्देशन


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर ६ २०८१
  • 2.4K
    SHARES

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले अन्तर्राष्ट्रिय उडान भर्ने हवाई कम्पनीहरूलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन निर्देशन दिएका छन् ।

बुधवार मन्त्रालयमा एयरलाइन्स कम्पनीका प्रतिनिधिहरूसँग छलफल गर्दै मन्त्री पाण्डेले बिहीबार दिउँसो ४ बजेभित्र भाडादर उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

एयरलाइसका प्रतिनिधि र क्यानबीच भएको पाँच बुँदे सम्झौता झारो टार्ने काम गर्दै अचाक्ली भाडा लिएको भन्दै मन्त्री पाण्डेले नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सलाई सचेत समेत गराएका छन्  । उनले राज्य र नागरिककाप्रति एयरलाइन्सहरू दायित्वच्युत भएर झारो टार्ने काम गरिरहेको बताएका हुन्  ।

उनले भने ‘नागरिकमाथि निकै ठूलो ज्यादती भयो, शोषण भयो । धूर्त व्यापारीको जस्तो काम एयरलाइन्सहरूले गर्न थाले भन्ने हामीलाई अनुभूति भएको छ । राज्यलाई घाँस हालेजस्तो काम गर्नुभएको रहेछ तपाईँहरूले । राज्य र नागरिककाप्रति एयरलाइन्सहरू दायित्वच्युत भएर झारो टारेको काम रहेछ । पछिल्लो समयमा कुनै पनि सुधारको काम देखिएन । आज जसरी तपाईँहरू गैरजिम्मेवार ढंगले प्रस्तुत हुनुभएको छ ।

तपाईँहरू आफैँ पनि एकचोटि बस्न आग्रह गर्दछु । कतिपयले आफ्नो एयरलाइन्सले टिकेट मूल्य कति लिएको छ भन्ने जानकारी समेत नलिएका प्रतिनिधिहरू पनि आउनुभएको छ । विदेशका एयरलाइन्सहरूको व्यवस्थापन गर्ने भएकोले आफ्नो दानापानी पनि उतैबाट चल्ने जस्तो गैरजिम्मेवार प्रस्तुतिबाट म निकै दुःखित भएको छु । यसको समीक्षाका लागि तपाईँहरू एक्लाएक्लै बस्न आग्रह गर्दछु । भोलि चार बजेसम्म समीक्षा गरेर भाडादर उपलब्ध गराउनुहोला ।

मन्त्री पाण्डेले रन वे र ट्याक्सी वेबीच कनेक्टिङ वे बनाउनुपर्ने भएको कारण १० घण्टा त्रिभुवन विमानस्थल बन्द गर्नुपरेको उनले स्पष्ट पारेका छन्  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४