Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारत-पाक द्वन्द्वको बाछिटा नेपालसम्म : उडान समय लम्बियो, पर्यटक घटे


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख २७ २०८२
  • 969
    SHARES

काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो सैन्य तनावले नेपाल भित्रिने तथा बाहिरिने अन्तर्राष्ट्रिय उडानहरूमा असर पर्न थालेको छ। विशेषतः मध्यपूर्व र युरोपबाट काठमाडौं आउने जहाजहरू अब एक घण्टासम्म ढिलो भइपुगेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार भारत-पाकिस्तानबीच गत बुधबार (वैशाख २४) देखि सुरु भएको तनावका कारण उडान मार्ग परिवर्तन गर्नुपरेको हो । यसले नेपाल आउने–जाने जहाजहरूको नियमित तालिकामा अवरोध पुर्‍याएको छ ।

महाप्रबन्धक प्रतापबाबु निरौलाका अनुसार पाकिस्तानको हवाई क्षेत्र प्रयोगमा प्रतिबन्ध लागेपछि जहाजहरूले वैकल्पिक रुट प्रयोग गरिरहेका छन् । ‘पहिले जहाजहरू पाकिस्तान हुँदै छोटो दूरीमा भारतको दिल्लीमार्ग भएर नेपाल आइरहेका थिए,’ उनले भने, ‘तर अहिले ती जहाजहरू कतार, दुबई, ओमन हुँदै अरब सागर पार गरेर मुम्बई भएर नेपाल आउन बाध्य छन् ।’

यस्तो मार्ग परिवर्तनका कारण कतार एयरवेज, फ्लाई दुबई, एयर अरेबिया, जजिरा र कुवेत एयरवेजजस्ता मध्यपूर्वका करिब १५ जहाजको उडानमा एक घण्टासम्मको ढिलाइ भइरहेको छ । नेपालबाट बाहिरिने उडानहरू पनि प्रभावित भएका छन् । महाप्रबन्धक निरौलाका अनुसार सिमरा हुँदै लखनऊ, मुम्बई मार्ग भएर जहाजहरू अरब सागरतर्फ मोडिन थालेका छन् ।

यद्यपि, हालसम्म हवाई भाडादरमा कुनै उल्लेखनीय परिवर्तन आएको छैन । ‘अहिलेसम्म भाडामा असर परेको सूचना आएको छैन,’ निरौलाले भने, ‘तर यदि तनाव चर्कियो भने भविष्यमा यसको असर भाडादरसम्म पनि पर्न सक्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४