Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सामाजिक सञ्जालसम्बन्धी विधेयक ‘रिराइट’ गर्नुपर्छ : डा.कोइराला कमीकमजोरी स्वीकारे मात्रै गन्तव्यमा पुग्छौँ


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, कार्तिक २९ २०८१
  • 3.2K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं नेता डा.शेखर कोइरालाले संविधानलाई अक्षरशः पालना गरेर कानून बनाउनुपर्ने बताएका छन् ।

बिहीवार काठमाडौंमा अभिव्यक्ति स्वतन्त्रताको कसीमा सामाजिक सञ्जाल विधेयक-२०८० बारे बोल्दै उनले यस्तो बताएका हुन् । उनले संविधानको पालना गरेर कानून बनाउनुपर्नेमा नागरिकलाई सजाय दिने किसिमले मात्रै कानून बन्ने गरेको बताए ।

उनले सरकार सधैँ निरंकुश हुने भन्दै स्टक होल्डहरुसँग बसेर छलफल गरेर मात्रै कानूनहरु बनाउनु उचित हुने बताए । उनले सामाजिक सञ्जाल विधेयक पुनःलेखन नै गर्न आवश्यक रहेको बताए ।

डा.कोइरालाले भने,‘हामी कानून बनाउँदा अत्यन्त समय लगाउँछौँ र त्यसलाई पूर्णता दिएर अघि बढ्छौँ । यो विधेयकको बारेमा कुरा गर्ने हो भने त धेरै कुरा छ । यो विधेयक त रिराइट नै गर्नुपर्छ जस्तो मलाई लाग्छ । किन यस्तो भइरहेको छ भने स्टेक होल्डरसँग हामीले सरसल्लाह नगरी अघि बढेका छौँ । सरकार निरंकुश हुन्छ भन्नेकुरा बुझौँ । स्टेक होल्डरसँग हरेक कानून बनाउँदा सरसल्लाह गर्‍यौँ भने हामी तपाईंहरुले सोचेको जस्तो कानून बनाउँछौँ ।’

सरकारले जहिल्यै नागरिकलाई पनिस्मेण्ट दिने हिसावले कानून बनाएको देखिएको उनले बताए । उनले कतिपय कानूनहरु संविधानसँग बाझिएका पनि डा.कोइरालाले बताए । उनले भने,‘कति कानूनहरु त संविधानसँग बाझिएको कानून पनि थुप्रै आएको छ । अझ विनियमहरु बनाउँदा त कानूनलाई पनि उछिनेको हुन्छ । त्यस्तो अवस्थाबाट हामी गइरहेका छौँ ।’

उनले संविधानमा लेखिएको कुरालाई अक्षरशः पालना गरेर कानून बनाउनुपर्ने बताउँदै यसमा चुकिरहेको उल्लेख गरे । उनले कमीकमजोरीहरुलाई स्वीकार गरेर अघि बढेमा गन्तव्यमा पुग्न सकिने समेत बताए ।

‘संविधानमा जे कुरा लेखेको छ, संविधानलाई अक्षरशः पालना गरीकन कानून बनाउनुपर्ने हो । त्यसमा पनि हामी कतैकतै चुकेका छौँ । यो हामीले स्वीकार गर्नुपर्छ,काइरालाले भने,‘स्वीकार गरेरै अघि बढ्दा हामी हाम्रो गन्तव्यमा पुग्नसक्छौँ । सामाजिक सञ्जालको विषयमा बनाइने कानून स्टेक होल्डरहरुसँग अत्यन्त गम्भीर छलफल आजदेखि नै प्रारम्भ भयो ।’

डा.कोइरालाले सामाजिक सञ्जालको विषयमा बनाइने कानून स्टेक होल्डरहरुसँग गहन छलफलपछि मात्रै अघि बढाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४