Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

वागमती सफाई अभियान ६ सय औं हप्तामा, २० हजार मेट्रिकटन फोहोर संकलन


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, कार्तिक २४ २०८१
  • 2K
    SHARES

काठमाडौं । वागमती सफाई अभियान ६ सयौँ हप्तामा प्रवेश गरेको छ । शनिवार काठमाडौंमा सरसफाई अभियान ६ सयौँ हप्तामा प्रवेश गरेको अवसरमा काठमाडौंमा एक कार्यक्रमको आयोजनासमेत गरिएको थियो । कार्यक्रमबारे जानकारी दिँदै वागमती प्रदेशका राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद सुनिल केसीले आफ्नो व्यक्तिगत समय छुट्याएर सरसफाईमा जोडिनुपर्ने बताए ।

उनले सबैले आफ्नो समय छुट्याएर हप्तामा एक पटक नदीको सरसफाईमा जुट्न आह्वान गरे । वागमती संस्कृति र संस्कारसँग जोडिएकाले पनि सरसफाईमा जोडिनुपर्ने उल्लेख गरे । कार्यक्रमबारे जानकारी दिँदै नेपाल सरकारका पूर्वमुख्यसचिव लिलामणि पोखरेलले वागमती सरसफाई अभियान स्वयंसेवी अभियान भएको बताए । सातामा एक दिन दुई घण्टा राष्ट्रका नाममा स्वयंसेवक भन्ने अभियानअनुसार काम गरिरहेको बताए ।

उनले शुरु गरेदेखि कुनैपनि हप्तामा सरसफाई नरोकिएको बताए । उनले वागमती सरसफाई अभियान राष्ट्रिय जागरणको अभियान भएको बताए । उनले अभियानमा १२ लाख मानिस जोडिनुका साथै २० हजार मेट्रिकटन भन्दा बढी फोहोर उठाएको बताए । वागमती अभियन्ताहरुले यस समयावधिमा ६ हजार भन्दा बढी वृक्षारोपण गरिसकेको पनि बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४