Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लिग-२ मा रोकिएन नेपालको हार, अमेरिकासँग ३ विकेटले पराजित


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, कार्तिक १२ २०८१
  • 2.5K
    SHARES

काठमाडौँ । नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको छ । जारी आइसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा अमेरिकाले नेपाललाई ३ विकेटले पराजित गरेको हो ।

नेपालले दिएको २८७ रनको लक्ष्य पछाएको अमेरिकाले ४९.४ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । अमेरिकाका लागि शयान जगागिरले १०४ रनको शतकीय पारी खेलेका थिए भने कप्तान मोनांक पटेलले ६२, हर्मीत सिघले ५७ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर कुशल भुर्तेलले ४, सोमपाल कामीले २ र ललित राजबंशीले एक एक विकेट लिएका थिए ।

यस अघि नेपालले टस हरेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा अल आऔत हुदै २८६ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ९६ रन बनाएका थिए भने अनिल शाहले ५६, आसिफ सेखले ५२ र आरिफ सेखले ३७ रन बनाएका थिए ।

योसँगै नेपालको विश्वकप लिग-२ मा सातौँ हार बेहोरेको छ । अहिलेसम्म ९ खेलमा ७ हार बेहोरेको नेपाल केवल ३ अंकसहित सातौं स्थानमा छ । त्यस्तै अमेरिकाले भने सातौं जित हासिल गरेको छ । यो जितपछि अमेरिकाको १० खेलमा १४ अंक भएको छ र लिगमा दोस्रो स्थानमा छ ।

अब सिरिजमा अर्को खेल मंगलबार राति नेपालले स्कटल्याण्डसँग खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४