Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इन्स्पेक्टर र असइमा किन पर्‍यो न्यून आवेदन ?


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, कार्तिक ११ २०८१
  • 2.6K
    SHARES

काठमाडौं । नेपाल प्रहरीका लागि यस वर्ष निरीक्षक (इन्स्पेक्टर) र सहायक निरीक्षक (असइ) भर्ना गर्दा न्यून संख्यामा आवेदन परेका छन् । ६४ जना इन्स्पेक्टरको माग पूरा गर्नका लागि जम्मा दुई हजार ३०५ आवेदन परेको छ भने २५६ जना असइका लागि १५ हजार ९२१ जनाको मात्र आवेदन परेको छ । यो संख्या अन्य सरकारी सेवाका भर्नामा आउने आवेदनको तुलनामा निकै न्यून हो ।

गत वर्ष इन्स्पेक्टरमा ९६ जनाको माग हुँदा २ हजार ७९३ आवेदन परेका थिए भने २६० जना असइका लागि १९ हजार ९३२ जनाले आवेदन दिएका थिए । आवेदन दर घट्नुलाई सुरक्षा सेवातर्फको आकर्षणमा कमी आएको संकेत मान्न सकिन्छ ।

प्रहरी प्रवक्ता दानबहादुर कार्कीले सुरक्षा सेवामा आकर्षण घट्दै गएको बताउँछन् । उनी भन्छन्, ‘सुरक्षा सेवाको जागिर जोखिमपूर्ण र शारीरिक परिश्रम गर्नुपर्ने भएकाले धेरैले आकर्षण नदेखाएको जस्तो देखिन्छ ।’

नयाँ पुस्तामा विदेशमा जाने मोह बढ्नु, प्रहरी सेवामा हुने कठिन ड्युटी, र न्यून सेवा-सुविधाका कारण पनि यो पेशा कम आकर्षक बनेको प्रहरी विभागको विगतका अध्ययनले देखाएका छन् । नेपाल प्रहरीले आवेदन संख्या बढाउन विभिन्न उपाय अपनाए पनि, परिणाम प्रभावकारी हुन सकेको छैन । बरु, भर्ना भएकाहरूले पेन्सनको अवधि नपुग्दै जागिर छोड्ने प्रवृत्ति बढ्दै गएको छ ।

निजामती सेवातर्फ भने हरेक वर्ष उच्च आवेदन दर देखिँदै आएको छ । प्रहरी मात्र होइन, सबै सुरक्षा निकायमा आवेदन दर घट्दै गएकाले, युवामा सुरक्षा सेवाप्रतिको आकर्षण कमजोर हुँदै गएको प्रहरी अधिकारीहरू बताउँछन् । उनीहरूका अनुसार क्षमतावान् युवाहरूले सुरक्षा सेवामा रुचि नदेखाउँदा भविष्यमा संगठनको प्रभावकारितामा असर पर्नसक्ने चिन्ता पनि बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४