Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रवि लामिछाने माथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान हुने !


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, कार्तिक ९ २०८१
  • 6.7K
    SHARES

काठमाडौं । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पनि अनुसन्धान अघि बढ्ने भएको छ । कास्की जिल्ला अदालतले बिहीबार सहकारी ठगीसम्बन्धी अपराधमा पक्राउ परेका उनीहरूलाई सम्पत्ति शुद्धीकरण मुद्दामा समेत अनुसन्धान गर्न अनुमति दिएको हो ।

जिल्ला सरकारी वकिल कार्यालय र प्रहरीले अदालतसमक्ष २५ दिनको म्याद थपको माग गर्दै प्रतिवेदन पेश गरेका थिए, तर न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले ७ दिनको मात्रै अनुमति दिएको छ । सरकारी वकिलहरूले बयान प्रक्रिया अधुरो रहेको र सम्पत्ति शुद्धीकरण सम्बन्धी कागजातहरू अझै संकलन गर्न बाँकी रहेकाले हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने बताएको थियो ।

अधिवक्ता युवराज पराजुलीका अनुसार अनुसन्धानको लागि बैंक स्टेटमेन्ट, सम्पत्ति विवरण, र कर विवरणजस्ता आवश्यक कागजातहरू जुटाउन समय लाग्ने भएकाले थप म्यादको माग गरिएको थियो । यो मुद्दामा सूर्यदर्शन सहकारीकी पूर्वकर्मचारी लीला पछाईंमाथि पनि सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्ने अनुमति दिइएको छ । लामिछाने र जोशीसँगै पक्राउ परेका पछाईं अहिले हिरासतमा छन् ।

अदालतको निर्णयसँगै अब लामिछाने, जोशी, र पछाईंविरुद्ध संगठित अपराध, सहकारी ठगी, र सम्पत्ति शुद्धीकरण तीनवटै मुद्दामा अनुसन्धान अघि बढ्नेछ । संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धानका लागि ६० दिन हदम्याद हुन्छ भने सम्पत्ति शुद्धीकरणमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न मिल्छ ।

सहकारीको रकम गोर्खा मिडियामा सारेर अपचलन गरेको आरोप लामिछाने र जोशीमाथि छ । लामिछाने गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशक र जोशी पूर्वउपाध्यक्ष हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४