Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

खुर्कोट पुलको निर्माण सकियो,मंगलबारदेखी सरर..गाडी चल्ने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, कार्तिक ५ २०८१
  • 1.3K
    SHARES

काठमाडौँ । रामेछाप र सिन्धुलीलाई जोड्ने खुर्कोटको पुलको निर्माण सकिएको छ । गत असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण खुर्कोटको पुल सुनकोसी नदीले रामेछापपटीको भाग बगाएको थियो ।

शनिवार नै सेनाले पुलमा बेलिब्रिज जडानको काम सकेको हो । सेनाले बेलिब्रिजको बिचमा फलामको सल्याप हाल्ने काम सकेर पुलको भार क्षमता समेत परीक्षण गरिसकेको सिन्धुलीको गोलन्जोर गाउँपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडा अध्यक्ष रेगनराज थापाले बताउनुभयो ।

रामेछापको मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको उपस्थितीमा नेपाल सरकार र नेपाली सेनालाई धन्यवाद व्यक्त गर्ने कार्यक्रम रहेको बताउनुभयो । उक्त कार्यक्रम पश्चात खुर्कोटको पुलबाट यातायात संचालन हुने उहाँले बताउनुभयो ।

रामेछापको लाइफ लाइनको रूपमा रहेको खुर्कोट पुल बगाएपछि सवारी साधन अरनिको राजमार्ग लगायत अन्य वैकल्पिक राजमार्ग प्रयोग गदै आएका थिए । खुर्कोटको पुल बगाए पश्चात् रामेछाप सहित ओखलढुङ्गा प्रवेश गर्ने यात्रुले समस्या भोग्नु परेका थियो । दोलखा मुँडे हुँदै मन्थलीसम्म १० देखी ११ घण्टाको समय लगाएर सवारी साधनहरु आवतजावत गरिरेहेका छन ।

बेलिब्रिज निर्माण सम्पन्न भएसँगै अब भने यो समस्या समाधान हुने भएको छ । ऊर्जा जलस्रोत तथा सिचाई राज्य मन्त्री पूर्ण बहादुर तामाङ “कान्छाराम” खुर्कोटमा बेलिब्रिज निर्माण गर्न आफै लागिपर्नु भएको थियो । उहाँ बेलिब्रिज छिटो सम्पन्न गर्न आफै निर्माण स्थलमा खटिनुभएको थियो । निकै मेहनत र संघर्षले बेलिब्रिज निर्माण भएको राज्य मन्त्री तामाङले बताउनुभयो । यति छिट्टै अथक मेहनत र प्रयासले बेलिब्रिज निर्माण भएर रामेछापबासीले सहज सुविधा पाउँदा आफुलाई निकै खुशी लागेको उहाँले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४