Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मैले परिवार र आफ्नो प्रवाह नगरी खोलामा हामफालेँ : चनिकलाल


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज १७ २०८१
  • 2.1K
    SHARES

काठमाडौँ । गत असोज १२ गते नख्खु खोलाको उर्लँदो बाढीमा हामफालेर दुई जनाको ज्यान बचाएका चनिकलाल तामाङ साहसी युवा भनेर हाल निकै चर्चामा छन् । चर्चामात्र होइन, हाल उनलाई दैनिकजसो सम्मान गर्ने गरिएको छ ।

बुधबार ललितपुर महानगरपालिकाले पनि तामाङलाई सम्मान गर्‍यो । सम्मान कार्यक्रममा उनले श्रीमती र छोरीले नजाऊ भन्दाभन्दै खोलामा हामफालेर दुई जनालाई बचाएको सुनाए ।

खोलामा बग्दै आएको मान्छे देखेपछि आफूले हेरेर बस्न नसकेको उनको भनाइ छ । ‘ठूलो खोला थियो, काठ तथा अन्य सामान पनि बगाएर ल्याएको थियो, मान्छेलाई खोलाले बगाउँदै नजिकै ल्यायो, मन थाम्न सकिन, श्रीमती र छोरीले नजाऊ बगाउँछ भन्दै थिए तर उनीहरू र आफ्नो प्रवाह नगरी हामफालेर बचाएँ,’ उनले भने ।

उनले मानवताको भावनाले ज्यान बचाएको र पछिल्लो समय आफ्नो कामको यति धेरै चर्चा सुनेपछि मात्रै त्यसको महत्व थाहा पाएको धारणा राखे। तामाङले आफूले कल्पनामा पनि यस्तो सम्मान पाइएला भन्ने नसोचेको भन्दै महानगरप्रति आभार व्यक्त गरे। ‘मलाई कुनै सम्मानको आश थिएन तर पनि नगद रु एक लाखसहित तपाईँहरूले गरेको यो सम्मानप्रति म निकै खुसी छु,’ उनले भने ।

ललितपुर महानगरले चनिकलाललाई नगद एक लाख र सम्मानपत्र प्रदान गरेको थियो । ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले चनिकलालले गरेको यो महत्त्वपूर्ण मानवीय कार्यको जति प्रशंसा गरेर पनि अपूरो हुने भन्दै ठूलो जोखिम मोलेर दुई जनाको ज्यान बचाएकामा धन्यवाद दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४