Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौं नगर प्रहरीलाई सशस्त्र प्रहरीद्वारा तालिम


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज ११ २०८१
  • 2K
    SHARES

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल, युएन शान्ति स्थापना शिक्षालयले काठमाडौँ नगर प्रहरीलाई शान्तिसुरक्षा र भीड नियन्त्रणसहित व्यावसायिक जिम्मेवारीसँग सम्बन्धित एक महिनाको आधारभूत तालिम प्रदान गरेको छ ।

काठमाडौँ महानगरपालिकाले गत असारमा नयाँ भर्ना लिएका नगर प्रहरीमध्ये ३९ महिलासहित एक सय १० जनालाई पहिलो चरणमा तालिमका लागि त्यहाँ पठाएको थियो ।

शिक्षालयले शान्तिसुरक्षा, भीड नियन्त्रण, अनुशासन, व्यावसायिक जिम्मेवारी, समन्वय, सहकार्य र रणनीतिक अभ्यासका विषयमा तालिम प्रदान गरेको हो ।

शिक्षालय परिसरमा आज आयोजित दीक्षान्त कार्यक्रममा बलका वरिष्ठ उपरीक्षक एवं शिक्षालयका समादेशक राजेन्द्र खड्काले छोटो अवधिको आधारभूत भए पनि नगर प्रहरीका हैसियतले कार्यक्षेत्रमा खटिइ जिम्मेवारी बहन गर्दा तालिममा सिकेका ज्ञान फलदायी हुने विश्वास व्यक्त गरेका छन्  ।

महानगरपालिकाको अनुरोधमा शिक्षालयले पहिलो पटक नगरप्रहरीलाई यो तालिम प्रदान गरेको हो । महानगरपालिकाले आगामी एकमहिनाभित्रै एक सय तीन जनाको दोस्रो समूह पनि त्यहाँ पठाउने टुङ्गो गरेको छ ।

महानगरपालिकाको सुरक्षा नेतृत्वले छोटो अवधिको तालिम भए पनि आफ्ना नयाँ भर्ना सुरक्षा जनशक्तिलाई कार्यक्षेत्रमा गर्नुपर्ने शान्तिसुरक्षालगायत मामिलामा प्रदान गरिएको शिक्षा महत्वपूर्ण रहेको भनी प्रशंसा गरेका छन्  ।

महानगरपालिकाले मुख्य कार्यालय, मीनभवन, टेकु र बसपार्कलगायतका स्थानबाट नगर प्रहरी परिचालन गर्दै आएको छ । पछिल्लो समय स्थानीय सरकारले करार र स्थायी दरबन्दी कायमगरी आ–आफ्ना नगर प्रहरी राख्ने अभ्यास छ ।

स्थानीय तहको अनुरोधमा त्यस्ता नगर प्रहरीलाई गृह मन्त्रालयसँग स्वीकृत लिइ नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालबाट तालिम प्रदान गरिँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४