काठमाडौं । चाइनिज ताइपेइमा भइरहेको एएफसी यु-२० एसियन कप छनोटको समूह बी को खेलमा नेपालले आज बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र बहराइनबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे न्यु ताइपेइ सिटीस्थित फु जेन क्याथोलिक युनिभर्सिटी स्टेडियममा सुरु हुनेछ । समूह बी मा नेपालले यसअघि तीन खेल खेल्दा १ खेल जितेको थियो भने २ खेलमा पराजित भएको थियो ।
पाँच टोली सहभागी समूह बी मा नेपाल ३ खेलबाट ३ अंकसहित चौथो स्थानमा छ । समूहको शीर्ष स्थानमा रहेर अर्को वर्ष चीनमा हुने एएफसी यु-२० एसियन कपमा छनोट हुने नेपालको सम्भावना सकिएको छ ।
यस समूहमा उज्वेकिस्तान दुवै खेल जितेर ६ अंकसहित शीर्ष स्थानमा छ । यस्तै ३ खेलबाट २ जित र एक हारको नतिजाबाट ६ अंक नै जोडेको कम्बोडिया दोस्रो स्थानमा छ । दुई खेलमा एक जित र एक हारको नतिजा निकालेको बहराइनको तीन अंक छ र नेपाल भन्दा अघि तेस्रो स्थानमा छ ।
एएफसी यु-२० एसियन कप छनोट
टुर्नामेन्ट
ICC Men T20 World Cup 2024
IPL 2024
Nepal Tri-Nation T20I Series (2024)
2023–2027 ICC Cricket World Cup League 2
Nepal Vs Canada ODI Series
ICC Under-19 Cricket World Cup 2024