Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रविविरुद्ध तीनवटा कसुरमा मुद्दा चलाउने तयारी


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज ६ २०८१
  • 1.7K
    SHARES

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध तीनवटा गम्भीर कसुरमा मुद्दा चलाउने तयारी भइरहेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा अघि बढाउने प्रक्रिया थालिसकेको हो ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार सहकारी छानविन समितिको प्रतिवेदन प्राप्त भएपछि प्रहरीले जिल्ला स्तरमा मुद्दा दर्ता गर्नेछ । गृहमन्त्रीको पदबाट बाहिरिएपछि लामिछानेमाथि अनुसन्धान प्रक्रिया तिव्र भएको हो । यसअघि, लामिछाने गृहमन्त्री बनेपछि मुद्दाको अनुसन्धानमा ढिलाइ भएको थियो । संसद्को समितिबाट प्रतिवेदन आएको केही समयपछि छानविन कार्यलाई पुनः गति दिइएको हो ।

कास्कीका प्रहरी अधिकारीहरूले मुद्दा दर्ता गर्न प्रतिवेदन तयार पार्न केही दिन लाग्ने बताउँदै आएका छन् । सम्पत्ति शुद्धीकरण विभागमा समेत मुद्दा दर्ता गर्नुपर्ने प्रक्रिया अघि बढाइएको छ । सहकारी ठगी प्रकरणमा अन्य सञ्चालक र पूर्वसञ्चालकहरूलाई पहिले नै कानुनी दायरामा ल्याइएको थियो तर, रवि लामिछानेको गृहमन्त्री पदका कारण उनीमाथिको अनुसन्धान लामो समयसम्म स्थगित भएको थियो । सहकारी छानविन समितिले पूर्वगृहमन्त्री रवि लामिछानेसँगै पूर्वडिआइजी छविलाल जोशी, कुमार रम्तेल, र जिबी राईलाई पनि कानुनी प्रक्रियामा ल्याउन सिफारिस गरेको छ ।

छानविन समितिको निष्कर्ष अनुसार यिनीहरूलाई सहकारीका बचतकर्ताहरूको रकम अपचलन गरेको आरोप लागेको छ । समितिले आफ्नो प्रतिवेदन संसदमा बुझाइसकेपछि सभामुखले प्रतिवेदन सरकारलाई कार्यान्वयनका लागि पठाउन निर्देशन दिएका छन् । मन्त्रिपरिषद्को बैठकले पनि प्रतिवेदनलाई गृह मन्त्रालयमा पठाएर तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयले प्रतिवेदन प्रहरी प्रधान कार्यालयलाई पठाएको छ । अब आवश्यकतानुसार यो प्रतिवेदन सम्बन्धित प्रहरी कार्यालयहरूमा पठाइनेछ, जहाँ मुद्दा दर्ता प्रक्रिया अघि बढाइनेछ ।

जिबी राईले सहकारीका बचतकर्ताको रकम रविसमेत सञ्चालक रहेको गोर्खा मिडिया नेटवर्कमा लगेको र रवि लामिछाने समेतले उक्त रकम अपचलन गरेको समितिको निष्कर्ष छ । समितिले रवि लामिछानेले आफैँ चेक काटेर के कति रकम कहाँकहाँ खर्च गरे भन्ने पनि प्रतिवेदनमै उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४