काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी “रास्वपा”का पूर्व सांसद ढाका कुमार श्रेष्ठलाई कास्की प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठलाई पोखरा स्थित पृथ्वीचोकबाट बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक”एसपी” मोहन कुमार थापाले जन प्रहार डटकम लाई बताए ।
श्रेष्ठले सञ्चालन गरेको दिया फार्मेसीबाट प्रतिबन्धित लागुऔषध विक्री वितरण गरेको आरोपमा श्रेष्ठलाई पक्राउ गरिएको थापाले जानकारी दिए । उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।