Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कमलादीमा टुकुचा खोलामाथिको भास्सिएको सडक अझै बनेन


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र ८ २०८१
  • 2.3K
    SHARES

काठमाडौं । काठमाडौं महानगरको मध्य भाग हुँदै बग्ने टुकुचा खोला अधिकांश स्थानमा विलाएको छ । महाराजगन्जदेखि कमलादीसम्म खोलामाथि सडक र संरचना बनेका छन् । राणाकालदेखि नै अतिक्रमणमा परेको टुकुचामाथि नै करिब ८५ वटा त पक्की घर तथा भवन रहेको तथ्यांक महानगरपालिकासँग छ । तर यसपटक कमलादीमा टुकुचामाथिको सडक भास्सिएपछि भने टुकुचामाथि बनाइएको कुनै पनि संरचना सुरक्षित छैनन् भन्ने पुष्टि भएको छ ।

काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि बालेन शाहले टुकुचाखोला उत्खनन् सुरु गर्नुभयो । जयनेपाल सिनेमा घरदेखि हात्तीसार क्षेत्रमा विलुप्त खोला खोज्न थालेपछि अदालतले महानगरपालिकाको अभियानलाई पाटन उच्च अदालतको अन्तरिम आदेशले रोकिदियो । टुकुचाखोला खोलेर यसको दायाँबायाँ चार मिटरको सडक बनाउने महानगरपालिको अभियान अदालतको आदेशले रोकिएको रोकियै छ । तर यस पटकको वर्षामा टुकुचाखोला आसपासको जमिन भास्सिन थालेपछि खोलामाथि नै बनेका तथा अतिक्रमण गरेर दायाँ बायाँको क्षेत्रमा बनाइएका कुनै पनि संरचना सुरक्षित छैनन् भन्नु पुष्टि भएको छ ।

कमलादीमा सडक भास्सिएको स्थानबाट भास्सिने क्रम तीब्र देखिएको छ । सडकसंगै बिजुलीका पोल समेत भास्सिएका छन । टुकुचालाई छोप्न बनाइएको भंगाल अर्थात संरचना भत्किएका कारण सडक भास्सिएको काठमाडौं महानगरपालिकाका पुर्वाधार सल्लाहाकार सुनिल लम्साल बताउनुहुन्छ ।

खोलामाथि घर वा अरु कुनै संरचना बनाउन पाउने कानुन नभए पनि उच्च अदालतको आदेशपछि महानगरपालिका टुकुचामाथि बनेका संरचनाहरु चलाउन नपाउने अवस्थामा छ । तर कमलादीमा अहिले जसरी टुकुचाले आफ्नो बाटो खोज्न थालेको देखिएको छ, यसले टुकुचा आसपासका कुनै पनि संरचनामा बस्नेहरु सुरक्षित नभएको देखाउँछ भने भास्सिएको स्थान नजिकै रहेकाहरुको त उठिवास भईसकेको छ । सर्वसाधारण मात्रै होइन, टुकुचाको किनारमै बनेको यो भव्य काठमाडौ प्लाजामा रहेको महानगरपालिका समेत यहाँबाट छिट्टै सर्ने भएको छ ।

महानगरले टुकुचा उत्खनन थालेपछि १२५ वर्षअघि नै व्यवस्थित सुरुङ बनाएर टुकुचालाई जमिनमुनि बग्ने बनाइएको तथ्य खुलेको थियो । टुकुचामाथि कसरी घरहरू बने भन्ने विषयमा पनि भूमि व्यवस्था मन्त्रालयले अध्ययन समेत गरेको थियो । त्यस्तै, पुरातत्व विभागले पनि टुकुचालाई मौलिक शैलीमै राख्नुपर्ने निष्कर्ष निकालेको थियो । महानगरपालिकाले टुकुचामाथि ५८१ कित्ता जग्गामा घर तथा भवनहरू निर्माण भएको पत्ता लगाएको थियो ।

नारायणहिटी दरबार परिसरभित्र हुदै जय नेपाल, कमलादी, पुतलीसडक हुदै थापाथली नजिकबाट बाग्मतीमा मिसिने टुकुचा काठमाडौं महानगरभित्रै उत्पत्ति भएर महानगरमै अन्त्य हुने ५ किलोमिटर लामो खोला हो । तर टुकुचा खोला यसरी अतिक्रमणमा परेको छ कि अधिकांश स्थानमा बाहिर देख्नै मुश्किल छ । राणाकालमै खोला छोप्ने काम भएकाले यसको पुरातात्विक महत्व होला तर पुरातात्विक महत्व भन्दैमा यसमाथि बनेका संरचनाहरु स्थानान्तरण गर्न ढिलाई गर्ने हो कुनै पनि ठूलै दूर्घटना हुनसक्ने खतराको घण्टी बजेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४