Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आर्थिक कारोबारबारे मलाई थाहा छैन, गोरखा मिडियाको ऋणको जिम्मा म लिन्नँ : सभापति रवि लामिछाने


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र ८ २०८१
  • 2.8K
    SHARES

काठमाडौं । सहकारी ठगीको आरोमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी “रास्वपा” सभापति रवि लामिछानेले सहकारी ठगी छानबिन विशेष समितिमा इन्कारी बयान दिएका छन् । समितिमा उपस्थित भएका उनले बयानका क्रममा आफूले कुनै पनि सहकारीबाट ऋण नलिएको यसअघिकै दाबीलाई दोहोर्‍याएका हुन् ।

समितिको कार्यालय सिंहदरबारमा अपराह्न साढे ३ बजे सुरु भएको बयान राति १ बजेसम्म चलेको थियो । करिब १० घण्टा चलेको बयानमा समितिका सदस्यहरूले विभिन्न सहकारीबाट गोर्खा मिडियामा आएको रकम र तत्कालीन प्रबन्ध निर्देशकका रूपमा लामिछानेका दायित्वका विषयमा ५१ मूल प्रश्न सोधेका थिए । लामिछानेले भने आफू १४ महिना प्रबन्ध निर्देशक रहेको कम्पनीको आर्थिक कारोबारबारे थाहा नभएको, सहकारीबाट आएको रकमको कानुनी दायित्व आफूमा नरहेको भन्दै इन्कारी बयान दिएका हुन् ।

उनले गोरखा मिडियाले लिएको ऋणको जिम्मा आफूले नलिने बताएका छन् । ‘म सहकारीको सदस्य हैन र कुनै पनि लोन सहकारीबाट लिएको छैन । म सहकारीबाट मिडियाले लिएको लोनको जिम्मा लिन सक्दिनँ‚’ लामिछानेको भनाई उद्धृत गर्दै समितिका सदस्यले भने । जबकि उनको नाममा बुटवलको सुप्रिम सहकारीबाट ऋण प्रवाह भएको सार्वजनिक भइसकेको छ । बयानमा लामिछानेले आफूले गोरखा मिडिया नेटवर्कमा पसिनाको १५ प्रतिशत शेयर लिएको र त्यसैका आधारमा एमडी भएको बताएका छन् ।

बयानपछि सञ्चारकर्मीसँग कुराकारी गर्दै लामिछानेले सहकारीको एक पैसा पनि आफ्नो पेटमा नपरेको दाबी गरेका छन् । ‘सहकारीको एक पैसा पनि मेरो पेटमा परेको छैन, मैले ती नामका सहकारीबाट एक पैसा पनि लिएको थिइनँ ,’ बयानबाट निस्कँदै गर्दा उनले भने, ‘यो कुरा मैले आफ्नो ढंगबाट प्रस्ट पारेको छु ।’

करिब ५० हजार सर्वसाधारणले चार सहकारीमा जम्मा गरेको करिब ९६ करोड रुपैयाँ गीतेन्द्रबाबु (जीबी) राई अध्यक्ष र लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा सारिएको थियो । ८० करोड रुपैयाँ सार्दा लामिछाने प्रबन्ध निर्देशक थिए । समिति सभापति सूर्य थापाका अनुसार सहकारी छानबिन प्रकरणमा सबैभन्दा लामो बयान लामिछानेसँग लिइएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४