Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एसईईको नतिजा आज सार्वजनिक भयो ।


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र १ २०७७
  • 13.5K
    SHARES

एसईईको नतिजा आज सार्वजनिक भयो ।

 जन न्युज नेपाल खबर प्रतिनिधि काठमाडौं ।

 

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा  सार्वजनिक गरेको छ। विद्यालय आफैँले मूल्यांकन गरेर पठाएको विद्यार्थीको नतिजालाई रुजु गरेर बोर्डले सार्वजनिक गरेको थियो। परीक्षामा सहभागी हुन ४ लाख ८२ हजार ९ सय ८६ जनाले फाराम भरेकोमा ४ लाख ७२ हजार ७८ जनाको नतिजा मात्रै प्रमाणिकरण गरिएको छ।

बोर्डले नतिजा प्रकाशनसँग सम्बन्धित सम्पूर्ण काम साउन १९ गते नै सम्पन्न गरेको थियो। एसईईका परीक्षा नियन्त्रक रामराजा खकुरेलले नतिजाको काम सकेर बोर्डमा जानकारी गराएका थिए। तर त्यतिखेर नतिजा सार्वजनिक गरेपछि कार्यालयमा सेवाग्राहीको चहलपहल बढ्ने र कोभिड १९ को संक्रमण फैलने त्रासले नतिजा रोकिएको थियो।
तर नतिजाको काम सकेपनि सार्वजनिक गर्न ढिलो भएको भन्दै गुनासो बढेपछि शिक्षा मन्त्रालयको सहमतिमा सोमबार सार्वजनिक गरिएको हो। बोर्डले शुरुमा चैत ६ गतेको लागि परीक्षाको तालिका सार्वजनिक गरेको थियो। तर कोभिड १९ को संक्रमण बढ्न लागेको भन्दै अघिल्लो दिन मात्रै सरकारले परीक्षा स्थगित गरेको थियो।
परीक्षा सञ्चालनको मिति कुर्दाकुर्दै अवस्था सहज नहुने देखिएपछि सरकारले यो पटक सम्बन्धित विद्यालय आफैले विद्यार्थीको मूल्यांकन गरेर नतिजा दिने तर त्यो नतिजालाई बोर्डले प्रमाणिकरण गरेर सार्वजनिक गर्न पाउने निर्णय गरेको थियो। परीक्षा सम्बन्धि अन्य विवरण राष्ट्रिय परीक्षा बोर्डको वेभसाइटमा राखिने बोर्डले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४