Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अप्रेसनबाट शिशु जन्माएको केही घण्टामै आमाको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, साउन १८ २०८१
  • 2.6K
    SHARES

काठमाडौं । रुपन्देहीको तिलोत्तमा-४ स्थित ओम अस्पतालमा प्रसूति गराउन गएकी एक महिलाको मृत्यु भएको छ । मणिग्रामस्थित शान्ति नमूना माविमा अध्यापनरत सिर्जना पौडेलको अप्रेसनबाट बच्चा जन्माइसकेको केही घण्टामा मृत्यु भएको हो ।

मृतकका आफन्तले अस्पतालको लापरबाहीले मृत्यु भएको आरोप लगाएका छन् । उनलाई सुरुमा सुत्केरी गराउन तिलोत्तमा-४ ड्राइभरटोलमा रहेको ओम अस्पतालमा बुधबार साँझ लगिएको थियो । त्यहाँ सर्जरी गरेर उनले साढे आठ बजे छोरी जन्माएकी थिइन् ।

आफन्तका अनुसार अपरेसन गरेर होसमा आइ उनी दिउँसो एक बजेसम्म पनि छोरीलाई हेरेर प्रसन्न मुद्रामा थिइन् । त्यहाँ लगेर रगत चेकजाँच गर्दा रगतमा खराबी देखियो । अपरेसन गर्नु अगाडिसम्म ठिक भएको उनको रगतमा संक्रमण देखियो । उनलाई सेतो रगतको आवश्यकता पर्‍यो । यसैका लागि बुटवल रक्तसञ्चार केन्द्रमा पुगेर खोजियो ।

तर त्यहाँ रगतलाई सेतो बनाउने मेशिन नचलेको रहेछ । त्यसपछि फेरि रगतलाई ह्वाइट रगत बनाउन भैरहवा मेडिकल कलेज लगियो । यी सबै काम गर्दा राति १२ बजिसकेको थियो । जतिबेला सिर्जनाको निधन भैसकेको थियो । अकस्मात् स्वास्थ्य जटिल भएको र त्यहाँदेखि लुम्बिनी प्रादेशिक अस्पतालमा लगेको केही घण्टाभित्रै अकस्मात् मृत्यु भएको भन्दै आफन्तहरूले दोषीमाथि कारबाहीको माग गरेका छन् ।

आइसियु नै नभएको अस्पतालमा शल्यक्रिया गर्न दिने व्यवस्था, ब्लड बैंकमा सेतो प्लेटलेट्स बनाउने मेशिन नै नचलेको अवस्थाले अकालमा ज्यान गुमेको भन्दै आफन्तले दुःख व्यक्त गरेका छन् । मृत्यु भएकी सृजनाको यो दोस्रो सन्तान हो । उनको यसअघि ६ वर्षीया छोरी छिन् । तर उनी पनि अटिजमकी बिरामी हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४