Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हाइड्रोजन ऊर्जा अनुसन्धानको प्रतिफल जनस्तरमा पुर्‍याउनुपर्छ : डा. बस्ताकोटी


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन १३ २०८१
  • 2.4K
    SHARES

काठमाडौं । अमेरिकास्थित नर्थ क्यारोलाइना ए एन्ड टी स्टेट युनिभर्सिटीको रसायनशास्त्र विभागका सहप्राध्यापक डा. विष्णु बस्ताकोटीले हाइड्रोजन ऊर्जा अनुसन्धानको प्रतिफल जनस्तरमा पुर्‍याउन थप काम र नीतिगत पहल जरुरी रहेको बताएका छन् ।

नेपाल विज्ञान पत्रकार मञ्च (एनएफएसजे) ले काठमाडौंमा आयोजना गरेको ‘मिट द साइन्टिस्ट’ को छैटौं शृंखलामा उनले नेपालमा विश्वव्यापी कार्बन उत्सर्जनलाई उल्लेखनीय रूपमा घटाउन र सफा, दिगो ऊर्जा प्रवर्द्धननमा हाइड्रोजन ऊर्जाले मद्दत गर्ने बताए ।

डा. बस्ताकोटी अन्तरदेशीय टोलीमा रही हाइड्रोजन ऊर्जा सम्बन्धी अनुसन्धानमा केही वर्ष यतादेखि क्रियाशील छन्। नेपालमा काठमाडौं विश्वविद्यालयले हाइड्रोजन ऊर्जाको अनुसन्धान गर्दै हाइड्रोजनबाट चल्ने कार विकास गरिसकेको छ ।

डा. बस्ताकोटीले विश्वका मुलुकहरूले गैरनवीकरणीय ऊर्जा स्रोतबाट नवीकरणीय ऊर्जा स्रोतहरूमा आफ्नो चासो र धारणा व्यक्त गरिरहेको स्थितिमा यसका लागि हाइड्रोजन ऊर्जाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

अमेरिकामा आफुले प्रयोगशाला काम गरेको अनुभव र उद्योगसँगको साझेदारीको आधारमा डा. बस्ताकोटीले हाइड्रोजन ऊर्जा उत्पादनको प्राविधिक पक्षलाई सरल भाषामा व्याख्या गरे । ‘नवीकरणीय हाइड्रोजन ऊर्जा प्रणाली स्रोतको उपलब्धता, सामाजिक आर्थिक अवस्था, भौगोलिक स्थिति, राजनीतिक प्रणाली र यातायात पूर्वाधारमा हाइड्रोजनको उत्पादन निर्भर रहन्छ,’ उनले भने।

हाइड्रोजन इन्धनको रूपमा र विभिन्न औद्योगिक प्रक्रियाहरूमा प्रयोग गर्न सकिने उनको विचार छ । हाइड्रोजनले इन्धन कक्ष, इन्जिन र टर्बाइनहरूलाई शक्ति दिन्छ र ऊर्जा भण्डारण, पेट्रोलियम रिकभरी, रिफाइनिङ, मेथानोल र अमोनिया उत्पादन, धातु प्रशोधन, खाद्य प्रशोधन, र कस्मेटिक्सको लागि पनि यसको प्रयोग गर्न सकिन्छ ।

‘नेपालले प्रचुर मात्रामा जलस्रोतका कारण हाइड्रोजन ऊर्जाबाट फाइदा लिन सक्छ, किनकि धाराको पानीबाट हाइड्रोजन उत्पादन गर्न सकिने प्रविधि आइसकेको छ,’ डा बस्ताकोटीले बताए ।

डा. बस्ताकोटीले हरियो, नीलो हाइड्रोजन र दुई प्रकारका खैरो हाइड्रोजन बारे चर्चा गर्दै भने, ‘चार किसिमका हाइड्रोजन ऊर्जामध्ये मूलतः पानीबाट पानीबाट इलेक्ट्रोलाइसिस गरी उत्पादन गरिने हरियो हाइड्रोजन सबैभन्दा वातावरण मैत्री मानिन्छ,’ उनले भने ।

नेपालमा हाइड्रोजन ऊर्जाको व्यावसायीकरण गर्न जनचेतना र सरकारी सहयोग आवश्यक रहेको डा. बस्ताकोटीले जोड दिए । ‘नेपाल सरकारले कार, बस र अन्य सवारी साधनमा हाइड्रोजन इन्धनको प्रयोग प्रवर्द्धन गर्ने नीति लागू गर्नुपर्छ’ उनले भने, ‘हाइड्रोजन इन्धनमा बढ्दो अनुसन्धान अत्यावश्यक छ र नतिजा हासिल गर्न सरकार र निजी क्षेत्रलगायत अन्य संस्थाबीच सहकार्य आवश्यक छ ।’

कार्यक्रममा काठमाडौं विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङका हाइड्रोजन ऊर्जा विशेषज्ञ डा. राम लामा, वन तथा वातावरणविद् सन्तोषमणि नेपाल, नेपाल फरेस्टर्स एशोसिएसनका पूर्वमहासचिव कृष्ण वस्ती, रसायन शास्त्री डा वसन्त गिरी लगायत सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४