Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उपत्यकाका नदीमा जलसतह बढ्यो, ९ बजेसम्म उच्च सतर्कता आवश्यक


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, साउन ८ २०८१
  • 3.2K
    SHARES

काठमाडौं । गएराति भारी वर्षा हुँदा काठमाडौं उपत्यकाका नदीमा जलसतह बढेको छ । जल तथा मौसम विज्ञान विभागअनुसार काठमाडौं उपत्यकाको सुन्दरीजल, कपन, नैकाप, बबरमहल र आसपास भारी वर्षा भएको छ ।

बागमती नदीको खोकना जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरको छ । जलसतह बढ्दो क्रममा रहेकाले नदीको सतर्कता अपनाउन तटीय क्षेत्रमा बस्नेहरूलाई विभागले सुझाव दिएको छ ।

बागमती, विष्णुमती, धोबीखोलालगायतमा जलसतह सतर्कता तह आसपास छ । नदी तटीय क्षेत्रमा बस्ने र यात्रा गर्नेहरूलाई बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन विभागले सुझाव दिएको छ।

विभागले सिन्धुपाल्चोकको भोताङ, मानेखर्क, बाँसखर्क, बौनेपाटी, मेलम्ची घ्याङ, तार्के घ्याङ, ढुंगे, गोबरे, नवलपुर र दुवाचौर लगायत स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको जानकारी दिएको छ ।

थप वर्षा हुनसक्ने सम्भावना रहेकाले उक्त क्षेत्र भएर बग्ने मेलम्ची, इन्द्रावती, बलेफी नदी र यसका सहायक नदीमा आकस्मिक बाढीको जोखिम छ । डुबान तथा पहिरोको जोखिम रहेकाले सावधानी अपनाउनसमेत विभागले आग्रह गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४