Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

महिला एसिया कप : जित्नैपर्ने खेलमा भारतको सामना गर्दै नेपाल


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, साउन ८ २०८१
  • 2.1K
    SHARES

काठमाडौं । एसीसी महिला एसिया कप क्रिकेटमा नेपालले आज जित्नै पर्ने खेलमा भारतसँग प्रतिस्पर्धा गर्दैछ । समूह चरणको अन्तिम खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

खेल नेपाली समय अनुसार बेलुका ७ः१५ बजे श्रीलंका स्थित दाम्बुला स्टेडियममा सुरु हुनेछ । पहिलो खेलमा यूएईमाथि ६ विकेटको जित निकाल्दै विजयी सुरुवात गरेको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको छ । समूह ‘ए’को भारत चार अंकसहित शीर्ष स्थानमा छ । भारत निरन्तर जित निकाल्दै अघिल्लो चरण प्रवेश गर्न चाहन्छ । अघिल्लो चरण प्रवेशका लागि भारतमाथि जित निकाल्नैपर्ने दबाब छ ।

समूह चरणका दुई खेल सकिँदा नेपाल र पाकिस्तान एक हार र एक जितसहित समान दुई अंकसहित रनरेटका आधारमा दोस्रो र तेस्रो स्थानमा छन् । यो समूहको यूएईले भने खाता खोल्न सकेको छैन ।

समूह चरणको अन्तिम खेलमा पाकिस्तानले आजको पहिलो खेलमा युएई विरुद्ध खेल्नेछ । आजका सो दुई खेलको नतिजाले समूहमा दोस्रो हुँदै सेमिफाइनलमा पुग्ने टोलीको निर्धारण गर्नेछ । पाकिस्तानले युएई विरुद्ध जित हासिल गरेमा नेपालले भारतलाई हराउनैपर्ने हुन्छ ।

पाकिस्तानले हार बेहोरेमा भने नेपाल भारतसँग पराजित भएपनि, पाकिस्तान र युएईसँग नेटरनरेटमा प्रतिस्पर्धा हुनेछ । पाकिस्तानले युएई विरुद्ध हार बेहोर्ने सम्भावना नै न्युन छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४