Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बालबालिका बेचबिखनमा संलग्न महतो समाचार प्रकाशितपछि फरार,खोजी गर्दै प्रहरी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, साउन १ २०८१
  • 1.6K
    SHARES

काठमाडौं।काठमाडौंको कलंकीमा “सुरक्षित गर्भपतन सेवा”को नाममा बालबालिकाको बेचबिखन गर्ने कुख्यात डाक्टर राम सुन्दर महत्तोले गरेका काला कर्तुत बारे विभिन्न मिडियामा समाचार प्रकाशित भएपछी उनका सपरिवार हाल फरार रहेका छन्।

फरार रहेका राम सुन्दर दम्पतीले आफू तराई रहेको बताउँदै समाचार रोक्न हारगुहार र याचना गरेका छन् भने अरु विभिन्न समाचार माध्यममा आएको समाचारको विषयमा आफुलाइ थाहा नभएको भन्दै नाटकिए ढङ्गले अनबिज्ञता जनाएका छन्।

यतिमात्र नभई महतोले आफ्नो सम्बन्ध केही ठूला नेता र गुन्डाहरुसँग घनिष्ट रहेको भन्दै समाचार प्रकाशित गर्ने पत्रकारलाई ठाँउको ठाउँ ठिकपार्ने सम्मको धम्की दिन भ्याएका छन्।

तर राम सुन्दर महतोले गरेका यस्ता जघन्य अपराध जस्ता कार्यको नेपाल प्रहरीले सुक्ष्म अनुसन्धान गरीरहेको प्रहरी स्रोतले बताएको छ। शक्ति र सत्ताको आडमा गैरकानुनी एवम् मानव बेचबिखन गर्नेलाई कडा कार्वाही हुने नेपाल प्रहरीका प्रबक्ता डिआईजी दानबहादुर कार्कीको भनाई छ।

विभिन्न समाचार माध्यममा समाचार प्रकाशित भएपछि यता महतो सपरीवार फरार रहेका छन् भने उता नेपाल प्रहरीको अपराध हेर्ने अपराध अनुसन्धान महाशाखाले चासो देखाउन थालेको छ। यस्तै विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सिआईबीले समेत महतोको विषयमा चासो राखेको बताइएको छ।
त्यस्तै महतोले समाचार लेख्ने पत्रकारलाइ समेत विभिन्न आरोप लगाएर आफ्ना गल्ती ढाकछोप गर्ने प्रयास गरिरहेका छन्। उनले गर्ने कर्तुको पर्दाफास गरेपछि अहिले गर्भपतन सेवा नै बन्द गरेर महतो फरार रहेका छन्। महतोकी श्रीमति समेत बच्चा बेचबिखनमा संलग्न रहेको उनकै श्रीमतीले पुष्टि गरेकी छन्,उनले एक पटकलाइ गल्ती भयो अबदेखि यस्तो नगर्ने बताएकी छन्।

आफ्नो श्रीमानलाइ यस्तो काममा नलाग्न पटकपटक भने पनि यस्तो हुन्छ भनेर थाहा नपाएर यस्तो काम गर्न पुगेको बताउदै आएकी छन्। त्यस्तै महतोले अहिले आफ्नो कर्तुहरू ढाकछोप गर्न विभिन्न मान्छेहरू प्रयोग गरेर फोन समेत गराउने गरेका छन्,। यस्तो कार्य गर्ने जोसुकै भएपनि कानुनी कारबाही गर्नु जरूरी देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४