Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अब बन्ने नेकपा एमाले र नेपाली कांग्रेसको सरकारलाई असफल हुने छुट छैन : अध्यक्ष ओली


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार २३ २०८१
  • 3.4K
    SHARES

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अब बन्ने सरकारलाई असफल हुने छुट नभएको बताएका छन् । नेकपा एमाले र नेपाली कांग्रेसबीचको समझदारीअनुसार अब बन्ने सरकार जनतामा आशा जगाउने काममा केन्द्रित हुने उनले उल्लेख गरेका छन्  ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टीका केन्द्रीय विभागका प्रमुख तथा सचिवको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो नेतृत्वमा अब गठन हुने सरकार देशका समस्या समाधान गर्दै जनतामा आशा जगाउने काममा केन्द्रित हुने बताएका छन्  । उनले दुई बलिया शक्ति मिलेर सरकार गठन गर्ने कुरा देशका समस्या समाधान गरी अगाडि बढ्ने अन्तिम विकल्प भएको प्रष्ट पारे ।

अध्यक्ष ओलीले अब बन्ने सरकारले विभिन्न क्षेत्रमा गर्नुपर्ने सुधारका कामका लागि समाधानसहित ठोस सुझाव दिन पार्टीका विभागका पदाधिकारीलाई निर्देशन दिए । उनले पार्टीको नेतृत्वमा सरकार बने पनि सरकारको काम र पार्टीको काम फरक विषय भएकाले पार्टी निरन्तर मिसन-२०८४ मा लाग्ने बताए ।

पार्टीका लागि मिसन-२०८४ सफल पार्ने कुरा प्रमुख भएकाले सरकारमा रहेका कारण यस अभियानलाई कुनै पनि हालतमा कमजोर र शिथिल पार्न नहुने उनको भनाइ थियो । उनले विभाग प्रमुख तथा सचिवहरूलाई मिसन-२०८४ लाई केन्द्रविन्दुमा राखेर पार्टीको काममा लाग्न निर्देशन दिए ।

बैठकमा नेकपा  एमाले महासचिव शङ्कर पोखरेलले नेकपा एमाले र नेपाली कांग्रेस राजनीतिक स्थायित्व र देशको समग्र क्षेत्रमा सुधारको सङ्कल्प र अठोटका साथ अगाडि बढ्ने समझदारीमा पुगेको उल्लेख गर्दै सरकारलाई त्यस काममा सहयोग पुग्ने गरी सुझाव दिन विभागका पदाधिकारीलाई निर्देशन दिए । उनले लोकतन्त्रलाई सही बाटोमा अगाडि बढाउन तथा जनतामा रहेको निराशा हटाउन दुई ठूला दल राष्ट्रिय सहमतिको सरकार गठन गर्ने समझदारीमा पुगेका बताए ।

महासचिव पोखरेलले दुई ठूला दलले संयुक्त सङ्कल्प गरेका हुँदा नयाँ सरकार गठनपछि अर्थतन्त्रमा सुधार, जनतामा रहेको निराशालाई आशामा बदल्ने, मुलुकमै रोजगारी सिर्जना गरी युवा विदेश पलायन रोक्नेलगायत समस्या समाधान गर्न देश अग्रसर हुने विश्वास व्यक्त गरेका छन्  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४