बल्खु खोलामा पुरुषको शव फेला ।
जन न्ययुज नेपाल खबर सबिना सिलवाल ।
काठमाडौं / अन्दाजी ४०–५० वर्षको उमेरका पुरुषको शव टाउकोमा चोट लागेको र दुवै हात भाँचिएको अवस्थामा कीर्तिपुर–२ र चन्द्रागिरी–१५ को सिमानामा पर्ने बल्खु खोलाको पुलमुनी शव फेला परेको महानगरीय प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा आत्महत्या गरेको हुनसक्ने अथवा हत्या गरेर फालेको हुनसक्ने आशंका गरिएको छ ।
शवको पहिचन गर्न नसकेकाले प्रहरीले पहिचानका लागि सामाजिक संजालमार्फत शवको फोटो सार्वजनिक गरेको छ