Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फेरि सरकार फेरबदलको चर्चा : ओलीको कोर्टमा बल, सजग प्रचण्ड


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार १८ २०८१
  • 1.8K
    SHARES

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच फेरि भेटवार्ता भएको छ । प्रधानमन्त्री र नेकपा एमाले अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान भेटवार्ता भएको हो ।

दुई नेताबीच आइतबार मात्र प्रधानमन्त्री कार्यालय सिंहदरबारमा कुराकानी भएको थियो । प्रधानमन्त्री प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले दुई नेताबीच समसामयिक राजनीतिक विषय र सरकारका काम अझै प्रभावकारी बनाउनेबारे छलफल भएको जानकारी दिएकी छिन् । सत्ता फेरबदलको चर्चा चलिरहँदा दुई नेताबीच कुराकानी भएको हो ।

पछिल्लो समय नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्यका विषयमा संवाद भइरहेको छ । फागुन २१ मा नेकपा माओवादीले नेपाली कांग्रेससँगको सहकार्य तोडेर नेकपा एमालेसँग गठबन्धन बनाएदेखि नै दुई ठूला दलबीच संवादको नयाँ चरण सुरु भएको नेताहरूको भनाइ छ । तर, दुवैतर्फका नेताले सरकार मात्र होइन, राजनीतिक स्थिरताका लागि संविधानमा सुधार गर्नुपर्ने प्रस्तावमा समेत छलफल गर्दै आएका थिए ।

सुरुमा दोस्रो तहका नेताहरूबीच भएको संवाद सकारात्मक भएको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र ओलीको भेट बाक्लिएको छ । मूल विषयमा सहमति भएमा सरकार कसरी चलाउने भन्नेमा पनि दुई दलबीच करिब–करिब समझदारी भएको नेपाली कांग्रेस नेताहरूको दाबी छ ।

सत्ता सहकार्यको प्रस्ताव
नेपाली कांग्रेस नेतृसमेत रहेकी श्रीमती आरजु राणा देउवासहित शनिबार बालकोट पुगेका सभापति शेर बहादुर देउवाले नेकपा एमाले अध्यक्ष ओलीसँग सत्ता सहकार्यको प्रस्ताव गरेका थिए । वैकल्पिक समीकरण निर्माणबारे पार्टीभित्र संस्थागत छलफल नभए पनि सभापति देउवा उपयुक्त मौकाको पखाइमै थिए । बजेट पारित भइसकेको, सत्यनिरूपण विधेयक सदनबाट पारित गराउनुपर्ने अवस्था रहेको तथा संविधान संशोधन गरेर निर्वाचन प्रणाली बदल्नेबारे सार्वजनिक बहस सुरु भएको मौका पारेर देउवाले ओलीलाई सहकार्य प्रस्ताव गरेका हुन् ।

देउवा सरकारको नेतृत्व नेकपा एमालेलाई दिन तयार छन् ।  ‘बालकोटमा पछिल्लो राजनीतिकाबारेमा छलफल भयो,’ स्रोतले भन्यो, ‘देउवाले ओलीलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका हुन्, तर ओलीले दुई-तीन दिनमा छलफललाई निरन्तरता दिँदै निष्कर्षमा पुगौं भन्नुभयो ।

नेकपा एमाले अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डको कार्यशैलीमा सहमत छैनन् । ‘बजेटकै समयमा ओलीले प्रधानमन्त्रीको आलोचना गर्नुभएको थियो । सरकारमा नेकपा एमाले साक्षी मात्रै भएको गुनासो नेकपा एमालेकै मन्त्रीहरूले गरिरहँदा विकल्पबारे सोच्न ओलीलाई पनि दबाब नभएको होइन,’ स्रोत भन्छ, ‘यद्यपि, सहकार्यका लागि नेपाली कांग्रेसले गरेको प्रस्ताव ओलीले मानिसक्नु भएको छैन ।

नेकपा एमालेभित्र नेकपा माओवादीलाई बोक्नुको सट्टा नेपाली कांग्रेससँग मिलेर संविधान र व्यवस्था सुरक्षित राख्नुपर्ने मत पनि सुषुप्त रहेको छ  । यही कारण वर्तमान सरकारमा नेकपा एमालेले दोस्रो वा तेस्रो तहका नेतालाई मात्रै सहभागी गराएको छ ।

सजग प्रचण्ड
नेपाली कांग्रेस सभापति देउवाले नेकपा एमालेका अध्यक्ष ओलीसँग ‘वान टु वान’ वार्ता गरेपछि प्रधानमन्त्री प्रचण्ड सजग भएका छन् ।  उनले सत्ता समीकरणमा पर्नसक्ने प्रभाव न्यूनीकरणका लागि निकटस्थ नेताहरूलाई संवादमा खटाएका छन् भने आफैँले आइतबार नेकपा एमाले अध्यक्ष ओली र रास्वपा सभापति लामिछानेसँग भेटवार्ता गरेका थिए । आजै पनि प्रचण्ड-ओली भेटवार्ता भएको छ ।

उसो त राजनीतिक मञ्चमा यतिबेला सत्यनिरूपण विधेयक केन्द्रमा छ । सो विधेयक पारित गराउनेबारे प्रधानमन्त्री प्रचण्डले केही दिनअघि देउवा र ओलीसँग छलफलसमेत गर्नुभएको थियो । सो विधेयकका केही विषयमा नेपाली कांग्रेस र नेकपा एमालेका साझा सरोकार छन् । यही कारण देउवा-ओली भेटले नयाँ राजनीतिक समीकरणको सम्भावना उजागर गरेको अर्थमा विश्लेषण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४