राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा बोलाईएका एक जना फुटबलरलाई कोरोना संक्रमणको पुष्टि भएको छ ।
जन न्युज नेपाल खवर सम्बाददाता
गत मंगलबार खेलाडीको स्वाब परिक्षण गरिएकोमा बिहीबार दोस्रो पटक गरिएको परिक्षणको समेत पोजेटिभ आएपछि एन्फाले तत्काल सूचना जारी गर्दै एक खेलाडीको पुन परिक्षण गरिने समेत जानकारी दिएको छ । कोरोना देखिएका खेलाडीको नाम भने गोप्य राखिएको छ । एन्फा स्रोतका अनुसार उनलाई पुन परिक्षणका लागि नीजि अस्पतालमा लग्ने तयारी गरिएको जनाएको छ । विश्वकप छनोटका लागि बन्द प्रशिक्षण सुरु गर्न एन्फाले भदौ १ गतेबाट राष्ट्रिय फुटबल टिमको प्रशिक्षण सुरु गर्ने बलाएको हो । एन्फाले सबै खेलाडीको कोरोना परिक्षण गरेको मा एक खेलाडी बाहेक अन्य सबै खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ जानकारी दिएको छ । अन्तिम समयमा एसियाली फुटबल महासंघ ९एएफसी०ले छनोट खेल स्थगित गरेसंगै एन्फाले समेत प्रशिक्षण अनिश्चित समयका लागि स्थगित गरेको छ । प्रशिक्षण स्थगित गरेसंगै उपत्यका बाहिरका खेलाडी घर फर्किएका छन् । तर परिक्षणको क्रममा एक जना खेलाडीमा कोरोना संक्रमण देखिएको हो ।