Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौँ महानगरलाई नयाँ भनेर ४ पुराना सवारी साधन बिक्री


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ १ २०८१
  • 2.2K
    SHARES

काठमाडौँ । सिप्रदी ट्रेडिङले नयाँ भनेर पुराना सवारी साधन बिक्री गरेको भन्दै काठमाडौं महानगरपालिकाले ४ वटा सवारीसाधन फिर्ता गर्ने भएको छ ।

महानगरपालिकाले सोमवार पत्रकार सम्मेलन गर्दै सिप्रदीले नयाँ भन्दै पुराना गाडीहरू बिक्री गरेको प्राविधिक परीक्षणका क्रममा पुराना सवारीसाधन बिक्री गरेको जानकारी गराएको हो । नेपालका लासिग टाटाको आधिकारिक बिक्रेता सिप्रदीले नयाँ भनेर महानगरपालिकालाई ६ वटा सवारी बिक्री गरेको तर ४ वटा भने पुराना रहेको पत्ता लागेको महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले बताए ।

उनले महानगरले खरिद गरेका ६ वटा टिप्परकै ब्लुबुकमा उत्पादन वर्ष २०२२ उल्लेख गरेको तर ४ वटा टिप्परको उत्पादन वर्ष २०२१ रहेको पाइएको बताए ।

उनले भने ‘काठमाडौं महानगरपालिकाले ढुवानीका लागि टिप्पर खरिद गरेका थियौँ । बोलपत्र कागजात अनुसार आपूर्ति गरिएको ६ थान सवारी साधनको बोलपत्रमा उल्लेख भएको प्राविधिक विशिष्टताहरूको तुलना गर्दा माग भएअनुसारको प्राविधिक विशेषताहरू सहितको सवारी साधन आपूर्ति नभएको पायौँ । हामीले केही वर्ष यता खरिद गरेका ६ वटा गाडी मध्ये ४ वटा गाडी गत वर्षको पायौ  २ वटा गाडी सोही वर्षको पायौँ । सबै गाडीको ब्लुबुकमा म्यानुफ्याक्चर्स इयर २०२२ देखिन्छ । जुन २०२१ मा बनेको गाडीको पनि ब्लुबुकमा २२ मा रहेको पाइयो । नेपालमा आयात भएर बिक्री नभई लामो समयसम्म गोदाममा थन्किएका सवारी साधन खरिद नगर्ने उद्देश्यका साथ बोलपत्रमा म्यानुफ्याक्चर्स इयर समावेश गरिएको हुन्छ ।

महानगरले सिप्रदीलाई गाडी फिर्ता लैजान आग्रह गरेको पनि बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४