Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भ्रामक समाचार २४ घण्टाभित्र हटाउन अदालतको आदेश


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख १८ २०८१
  • 1.6K
    SHARES

काठमाडौं । सर्वोच्च अदालतले सिधाकुरा डट कमले प्रकाशन र प्रसारण गरेको भ्रामक समाचार २४ घण्टाभित्र हटाउन आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीशद्वय डा.नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले समाचार सामाग्री २४ घण्टाभित्र हटाउन आदेश दिएको हो ।

त्यस्तै उक्त विषयसँग सम्बन्धित अन्य कार्यक्रम र समाचार उत्पादन, प्रशारण र पुनः प्रशारण लगायत कुनै कार्य नगर्न अदातलले आदेश दिएको छ ।

त्यस्तै आदेशमा सिधाकुराले उठान गरेको विषयवस्तुको सत्यतथ्य तथा प्राविधिक पक्षको विस्तृत अनुसन्धान हुनुपर्ने देखिँदा आवश्यक अनुसन्धान गरी प्रचलित फौजदारी कानुनको उल्लङ्घन गरिएको देखिएमा कानुनबमोजिम कारबाही अघि बढाउन र सो को प्रतिवेदन १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत पेश गर्नु भनी प्रहरी महानिरिक्षकलाई लेखी पठाउन भनिएको छ ।

सिधा कुराले ‘द डार्क फाइल’ नामक श्रृङ्खला सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४