Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गौतम बुद्ध म्युजिक एण्ड फिल्मस् अवार्ड-२०२४ को ग्राण्ड फिनाले सम्पन्न


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख ११ २०८१
  • 1.8K
    SHARES

काठमाडौँ । पहिलो संस्करणको गौतम बुद्ध म्युजिक एण्ड फिल्मस् अवार्ड-२०२४ को ग्राण्ड फिनाले सम्पन्न भएको छ। ‘अग्रजलाई सम्मान नयाँलाई प्रोत्साहन,मौलिक गीत संगीतको संरक्षण हाम्रो अभियान’ भन्ने मूल नाराका साथ बि.एस.के.एक्टिभ नेपाल प्रोडक्सन प्रा.लि.ले आयोजना गरेको उक्त कार्यक्रम शनिबार काठमाडौंमा सम्पन्न भएको हो।

कार्यक्रमलाई प्रतिनिधि सभाकी उप(सभामुख ईन्दिरा राना मगरले दीप प्रज्ज्वल गर्दै उद्घाटन गरेकी थिइन्। विशिष्ट अतिथिको रुपमा पूर्व संस्कृति,पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री परशुराम तामाङ सहभागी रहेका थिए। प्रमुख अतिथि मगर र विशिष्ट अतिथि तामाङले सबै विधामा विजेता भएका कलाकारहरुलाई अवार्ड प्रदान गरेका थिए। सर्वोत्कृष्ट पप गीतको अवार्ड गायक सरगम राईले जितेकी छिन्। त्यस्तै पप गीतबाटै सर्वोत्कृष्ट मोडल पुरुषतर्फ शिरेश थापा,महिलातर्फ शुशिला तामाङ,शब्द रचनातर्फ रोजन लामा र सर्वोत्कृष्ट निर्देशकमा लोकेन्द्र तामाङले अवार्ड प्राप्त गरेका छन्।

त्यस्तै लोक दोहोरीतर्फ सर्वोत्कृष्ट गायिकाको अवार्ड कमला थापा,सर्वोत्कृष्ट लोक दोहोरी (महिला) मोडलको अवार्ड रितु तामाङ र सर्वोत्कृष्ट लोक दोहोरी मोडल९महिला,पब्लिक च्वाइस०को अवार्ड नारायणीले जितेका छन्। यसैगरी सर्वोत्कृष्ट लोक दोहोरी गायकको अवार्ड रामहरि भण्डारीले हात पार्दा गायक यमन खनालले सर्वोत्कृष्ट लोक दोहोरी गायक पब्लिक च्वाइसको अवार्ड प्राप्त गरेका छन्। सर्वोत्कृष्ट लोक दोहोरी कम्पोजरमा मदन नेपाली सुफिक्स,सर्वोत्कृष्ट लोक दोहोरी नव मोडलमा पुरुषतर्फ राम कुमार गजमेर,सर्वोत्कृष्ट देउडा गायकमा गोर बहादुर कार्की,सर्वोत्कृष्ट सालैजो गायिकामा पार्वती थापा र सर्वोत्कृष्ट सालैजो निर्देशकमा सिताराम रानाले अवार्ड प्राप्त गरेका छन्।

त्यस्तै चलचित्रतर्फ सर्वोत्कृष्ट निर्देशक(तामाङ चलचित्रबाट)को अवार्ड राज किङ वाइबा(सुक बहादुर तामाङ)ले जितेका छन् भने सर्वोत्कृष्ट नायकको अवार्ड(तामाङ चलचित्रबाट) सोनाम तामाङ र सर्वोत्कृष्ट नव नायिकाको अवार्ड संगिता तितुङले जितेका छन्। तामाङ चलचित्रबाटै सर्वोत्कृष्ट छायांकारको अवार्ड सन्चु थोकर तामाङलाई र सर्वोत्कृष्ट सह९निर्देशकको अवार्ड रेशम कुमार श्याउली तामाङलाई प्रदान गरिएको छ।

त्यसैगरी ङिमा घेल लामा शेर्पाले शेर्पा गीतमार्फत सर्वोत्कृष्ट गायकको अवार्ड जितेका छन्। सेलो गीततर्फ सर्वोत्कृष्ट महिला मोडलको विजेता मनिका सिन्ताना तामाङ,सर्वोत्कृष्ट महिला नव मोडल यमुना मगर,सर्वोत्कृष्ट पुरुष नव मोडल उपेन्द्र खड्का,सर्वोत्कृष्ट पुरुष मोडल अमृत तामाङ,सर्वोत्कृष्ट शब्दकार स्व।लिलि योन्जन,सर्वोत्कृष्ट गायक जोगलाल तामाङ,सर्वोत्कृष्ट गायिका विपना तामाङ र सर्वोत्कृष्ट गायक प्रकाश वाइबा ले अवार्ड प्राप्त गरेका छन्।

आधुनिक गीततर्फ प्रचण्ड बाबु राईले सर्वोत्कृष्ट गायक,निता आचार्यले सर्वोत्कृष्ट गायिका,भिम बहादुर मगरले सर्वोत्कृष्ट गायक(नेपाली आइटम),प्रिति रिमालले सर्वोत्कृष्ट गायिका(पब्लिक च्वाइस),शंकर थापा स्माइलले सर्वोत्कृष्ट संगीतकार,कृष्ण क्षेत्री(नेपाली मान्छे)ले सर्वोत्कृष्ट रचनाकार र गोविन्द सोनीले सर्वोत्कृष्ट ध्वनी मिश्रणको अवार्ड जितेका छन्।

त्यसैगरी म्हेन्दोमाया गीततर्फ रमेश गोम्जाले सर्वोत्कृष्ट गायकको अवार्ड जित्दा रिचा ब्लोनले सर्वोत्कृष्ट गायिकाको अवार्ड प्राप्त गरेका छन्। सर्वोत्कृष्ट नव गायिकामा सन्जु लामा,सर्वोत्कृष्ट मोडल महिलामा ममता तामाङ,सर्वोत्कृष्ट मोडल महिला(पब्लिक च्वाइस)मा सुनिता तामाङ,सर्वोत्कृष्ट महिला मोडल(जुरी अवार्ड) ननिता तामाङ,सर्वोत्कृष्ट नव गायिका(जुरी अवार्ड)मा मिना तामाङ,सर्वोत्कृष्ट पुरुष मोडलमा दुर ब्रेब गुरुङ,सर्वोत्कृष्ट निर्देशकमा एम।बी। गुरुङ र सर्वोत्कृष्ट नव गायकमा सुर्य लामाले अवार्ड जितेका छन्। सो कार्यक्रममा ४७ विधामा अवार्ड प्रदान गरिएको हो। अवार्डको निर्णायक मण्डलमा डिका गुरुङ,राजु खड्का,विजेन्द्र नौबागे,रोशन फ्युबा तामाङ,जित बहादुर पुन(जि पुन) र निरेन श्रेष्ठ थिए।

कार्यक्रममा गीत संगीत र चलचित्रमा योगदान पुर्‍याएका विभिन्न विधाका अग्रज कलाकारहरुलाई सम्मान गर्दै सम्मान पत्र वितरण गरिएको थियो। सम्मानित हुनेहरुमा लोकप्रिय गायक तथा संगीतकार यम बराल, रोहित अधिकारी,मर्नेन तामाङ,म्हेन्दोमाया गायक आरम्भ तामाङ, काले तामाङ,गायक उत्सब सुब्बा लामा,माधव भण्डारी,गोपाल दयाल,गायिका रमला पाखृन तामाङ,विशाल योन्जन तामाङ लगायत थिए। गत चैत्र २५ गते थाइल्यान्डको पतैया शहरमा यस ग्राण्ड फिनालेको उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४