Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आज सोमबारे औँसी, यस्तो छ महत्त्व र पूजा विधि यसो गरे फल प्राप्त हुन्छ !


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र २६ २०८०
  • 5.7K
    SHARES

काठमाडौं । प्रत्येक महिनामा एउटा औँसी हुन्छ र प्रत्येक सात दिनपछि एउटा सोमबार । तर औँसी र सोमबारको संयोग यदाकदा मात्र हुन्छ । वर्षभरिमा एकपटक वा कहिलेकाहीँ दुई पटकसम्म सोमवती अमावस्या अर्थात् सोमबारे औँसी पर्दछ ।

आज पनि सोमबारे औँसी परेको हो । यस दिन स्नान या भनौँ दान दिनका लागि शुभ मानिन्छ । स्नानको लागि मात्र विभिन्न तीर्थस्थलमा टाढा टाढाबाट भक्तजनहरू धाउने गर्दछन् । हिन्दु धर्मावलम्बी अनुसार आजको दिन ‘सोमबारे औँसी’को दिनको तिथि प्राप्त गर्न ठुलो संयोग या भाग्य चाहिने उल्लेख भएको छ । महाभारतका पात्रहरूले पनि आफ्नो जीवनकालमा आजको दिन अर्थात् सोमबारे औँसीको तिथि प्राप्त गर्न नसकेको भनाइ उल्लेख हुने गरेको बताइएको छ ।

पौराणिक कालमा सोमबारे औँसी अत्यन्त कम पर्दथ्यो तर सुस्तरी कलियुगको सुरुवात सँगै धर्तीमा सोमबारे औँसीका तिथिहरू बढ्दो पर्न थाल्यो । कलियुगमा भक्तजनलाई मोक्ष अनि धर्मका लागि अधिक अवसर दिने हेतुले चन्द्रमानमा धेरै यस्ता औँसीहरू परेको बताइन्छ ।

हिन्दु शास्त्र अनुसार आजको दिन मौन रहेर स्नान र ध्यान गर्नाले पुण्य प्राप्त हुने भनाइ चलिआएको छ । सोमबार चन्द्रमाको दिन हो । चन्द्रमा मनको प्रतीक र सूर्य मस्तिष्कको प्रतीक पनि हो । सोमबारलाई शिवजीको दिन पनि मानिन्छ र आजको दिन भगवान् शिवजी मै समर्पित छ ।

सोमबारे औँसीको पूजा विधि

यसदिन घरका पूर्वजहरूलाई तर्पण दिने गरिन्छ । उनीहरूलाई शुद्ध रूपमा घरमा तयार पारिएको खानेकुराबाट उनीहरूलाई सन्तुष्ट गराउँदा आशीर्वाद मिल्छ भन्ने विश्वास छ ।

यस दिन भोकानाङ्गालाई दिइने दानले विशेष महत्त्व राख्ने विश्वास गरिन्छ । यस दिन बिहानै उठेर कसैसँग पनि नबोली नुहाउने गरिन्छ । त्यसपछि विभिन्न मन्दिर र पिपलको रुखमा गएर पवित्र जल चढाउने गरिन्छ ।

अमावस्याको दिन घर या मन्दिरको उत्तरपूर्वी भागमा गाईको घिउको बत्ती बाल्ने गरिन्छ । कपासको सट्टा रातो रंगको धागो र केसर प्रयोग गर्नु राम्रो मानिन्छ । यसले लक्ष्मीलाई छिटै खुसी बनाउन सकिने मान्यता राखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४