Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एसइईमा ३.२ जिपिए ल्याउनेलाई मासिक १ हजार दिने रेसुङ्गा नगरपालिकाको निर्णय !


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र २२ २०८०
  • 7.3K
    SHARES

काठमाडौं । गुल्मीको रेसुङ्गा नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई)मा ३.२ वा सो भन्दा बढी जिपिए ल्याउने विद्यार्थीलाई मासिक एक हजार दिने भएको छ । यस नगरपालिकाले उच्च शिक्षा अध्ययनको लागि विद्यार्थीलाई प्रोत्साहन स्वरूप मासिक रूपमा सो रकम उपलब्ध गराउने भएको छ ।

नगर कार्यपालिकाको बैठकले विद्यार्थीहरूलाई प्रोत्साहन स्वरूप रकम उपलब्ध गराउने निर्णय गरिएको हो । सो सुविधा लिनको लागि विद्यार्थीले नगरभित्रकै विद्यालयमा अध्ययन गर्नुपर्ने शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख पीताम्बर पन्थीले बताए । देशका जुनसुकै विद्यालयबाट ३.२ वा सो भन्दा बढी जिपिए ल्याउने विद्यार्थीहरूले रेसुङ्गा नगरपालिका भित्रका विद्यालयमा अध्ययन गरेमा प्रोत्साहन स्वरूप कक्षा ११ मा अध्ययन गर्ने समयसम्म मासिक एक हजार रुपियाँ उपलब्ध गराइनेछ ।

सोही विद्यार्थीले कक्षा ११ मा पनि ३.२ वा सो भन्दा बढी जिपिए ल्याएमा कक्षा १२ मा पनि उक्त सुविधा प्राप्त गर्नेछ । यस कार्यक्रमका लागि नगरपालिकाले वार्षिक २७ लाख लागत लाग्ने अनुमान गरिएको उनले बताए ।

यस नगरपालिकाले ०७९ मा ३.२ वा सो भन्दा बढी जिपिए ल्याउने नगरपालिकाभित्रका विद्यार्थीहरू पालिकाभित्रकै विद्यालयमा अध्ययन गरेमा कक्षा ११ र १२ अध्ययनको लागि मासिक चार हजारका दरले उपलब्ध गराउने निर्णय गरेको थियो । उक्त निर्णयअन्तर्गत पहिलो वर्षका १६ जनाले ९६ हजार प्राप्त गरेका छन् । मासिक चार हजार उपलब्ध गराउँदा खर्च बढी आएकोले पहिलेको निर्णय परिमार्जन गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४