Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाली कांग्रेसले इलाम-२ मा कसलाई दिन्छ टिकट ?


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र २१ २०८०
  • 5.3K
    SHARES

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । बैठकले इलाम निर्वाचन-२ मा वैशाख १५ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको उम्मेदवार टुंगो लगाउने भएको हो ।

नेपाली कांग्रेस प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा मंगलबार बसेको संसदीय बोर्डको बैठकमा प्रदेश कार्यसमितिले सिफारिस गरेका उम्मेदवारको नामावलीमाथि छलफल भएको छ । उनले भने, उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा आजको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्णय गर्छ ।

इलाम-२ बाट निर्वाचित नेकपा एमाले उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवास नेम्वाङको गत भदौ २६ गते र सुदूरपश्चिम प्रदेश सभाका लागि बझाङ-१ (क)बाट निर्वाचित नेपाली कांग्रेसका नेता पृथ्वीबहादुर सिंहको गत असार २५ गते दुर्घटनामा निधन भएपछि दुवै क्षेत्रमा उपनिर्वाचन तय भएको हो ।

आज दिउँसो २ बजेपछि बैठक फेरि बस्नेछ । नेपाली कांग्रेस कोशी प्रदेश कार्यसमितिले नेताहरू भेषराज आचार्य, केशव थापा, डम्बरबहादुर खड्कासहित ६ जनाको नाम सिफारिस गरेको छ । पार्टी सभापति शेर बहादुर देउवाले इलाम जिल्ला सभापति खड्काको नाम उम्मेदवारका लागि प्रस्ताव गरेका छन् भने महामन्त्री गगनकुमार थापा र बरिष्ठ नेता डा. शेखर कोइराला पक्ष आचार्यलाई उम्मेदवार बनाउनुपर्ने अडानमा रहेका छन ।

मंगलबारको बैठकमा सभापति देउवाले इलाम-२ को प्रतिनिधिसभा उपनिर्वाचनमा डम्बर खड्का र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र १ मा अभिषेक सिंहलाई उम्मेदवार बनाउनुपर्ने धारणा राखे भने शेखर-गगन पक्षले अस्वीकार गरेको छन । उनीहरु इलाममा भेषराज आचार्य र बझाङमा जगत जोशी उम्मेदवार हुनुपर्ने अडानमा रहेका हुन् ।

देउवा पक्षले ४ मंसिर २०७९ को प्रतिनिधिसभा निर्वाचनमा डम्बर खड्का जम्मा ११४ मतान्तरले मात्र नेकपा एमालेका सुवासचन्द्र नेम्वाङसँग पराजित भएकाले यसपटक उनैलाई टिकट दिनुपर्ने धारणा राखेको थियो । तर शेखर-गगन पक्षले नेपाली कांग्रेसका कार्यकर्तामाझ खड्का भन्दा आचार्य बलियो रहेकाले उनले टिकट पाउनुपर्ने अडान राखेका थिए ।

त्यस्तै देउवा पक्षले बझाङ प्रदेशसभा-१ बाट ४ मंसिरमा निर्वाचित पृथ्वी सिंह दुर्घटनामा परेर निधन भएकाले उनकै छोरा अभिषेकलाई टिकट दिनुपर्ने धारणा राखेका थिए । शेखर-गगन पक्षले भने गत स्थानीय तहको निर्वाचनमा अभिषेक वडाध्यक्ष पदमा पनि तेस्रो स्थानको मत ल्याएकाले प्रदेशसभाको टिकट दिन नहुने अडान लिएका थिए । उनीहरुले सिंह भन्दा जगत जोशी बलियो उम्मेदवार रहेको बताएका बैठकमा सहभागी एक नेताको भनाई रहेको छ ।

१५ वैशाखमा हुने उपनिर्वाचनका लागि नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले उम्मेदवार टुंगो लगाएर मत माग्न थाले पनि नेपाली कांग्रेसले टुंगो लगाउन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४