Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

स्थानीय तहका २६ पदमा उपनिर्वाचन हुने


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन २६ २०८०
  • 1.5K
    SHARES

काठमाडौं । वडाध्यक्षहरुको निधन भएपछि स्थानीय तहका २६ पदमा उपनिर्वाचन हुने भएको छ । पछिल्लो पटक थप तीन जना वडाध्यक्षको मृत्यु भएपछि स्थानीय तहमा उपनिर्वाचन गर्नुपर्ने पदको संख्या २६ पुगेको हो ।

उपनिर्वाचनको मिति घोषणा भएपछि हालसम्म रिक्त रहेका सबै पदको उपनिर्वाचन हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । दल दर्ता हुने अघिल्लो दिनसम्म रिक्त भएका पदमा उपनिर्वाचन गर्न सकिने जनाइएको छ । निर्वाचन आयोगले उपनिर्वाचनको तयारी भइ रहेको पनि जनाएको छ ।

पछिल्लो समय सुदूरपश्चिम प्रदेशको भीमदत्त नगरपालिका–६, कर्णालीको सानीभेरी गाउँपालिका–५ र मधेशको डाक्नेश्वरी नगरपालिका–४ का वडाध्यक्षहरुकोे निधन भएको छ ।

यस्तै जिल्ला समन्वय समितिका प्रमुख दुई, नगर उपप्रमुख र गाउँपालिकाका अध्यक्ष एक एक तथा उपाध्यक्ष दुई र वडाध्यक्ष २० गरी २६ पद रिक्त रहेको आयोगले जनाएको छ ।

यसैगरि प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको एक एक पद पनि रिक्त छन् । रिक्त रहेका यी दुवै पदको उपनिर्वाचन वैशाख १५ गते हुने निश्चित भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४