Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जनमोर्चाले समर्थन फिर्ता लिनुका ६ कारण


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन २४ २०८०
  • 5.3K
    SHARES

काठमाडौं । राष्ट्रिय जनमोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गर्दै प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेका हुन् ।

जनमोर्चाले ६ बुँदामा समर्थन फिर्ता लिनुको कारण बताउँदै सहकारी ठगीमा अनुसन्धान चलिरहेका व्यक्तिलाई गृह मन्त्रालयको जिम्मा दिनु प्रचण्डको लाचारीपन भएको आरोप जनमोर्चाले लगाएको छ । ‘प्रतिगामी दिशा-उन्मुख एमाले तथा अमेरिकी साम्राज्यवादको निर्देशनमा चल्ने संगठन तथा त्यसको मुख्य नेतृत्व जुन सहकारीको करोडौँ रुपैयाँ ठगी काण्डमा मुछिएका व्यक्तिसमेतको सहभागितामा बनेको वर्तमान सरकारबाट प्रतिगमन, भ्रष्टाचारलाई बल पुग्ने तथा राष्ट्रियतामा गम्भीर आँच आउने कुरा स्पष्ट नै छ । त्यो अवस्थामा वर्तमान सरकारलाई समर्थन गर्न नसक्ने कुरा यसै विज्ञप्तिमार्फत स्पष्ट गर्न चाहन्छौँ,’ जनमोर्चाले भनेको छ ।

वक्तव्यमा विगतको नेपाली कांग्रेससहितको गठबन्धन नेकपा एमालेले अपनाएको प्रतिगामी कदमविरुद्ध भएको उल्लेख गर्दै एमालेको नीतिमा अहिले पनि सुधार नभएको ठहर जनमोर्चाले गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अमेरिकी साम्राज्यवादको नीति लागू गर्न गठित पार्टी भएको भन्दै जनमोर्चाले सो पार्टीलाई सरकारमा सामेल गर्नुले देशको राष्ट्रियता झन् कमजोर बन्ने दाबी गरेको छ ।

यस्तो छ विज्ञप्ति
प्रधानमन्त्रीले गर्नुभएको मन्त्रिपरिषद्‌को गठन तथा मन्त्रीहरूको कार्यविभाजन गर्दा अपनाएको नीतिप्रति हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यानाकर्षण भएकोले यो वक्तव्य जारी गरेका छौँ ।

१. प्रधानमन्त्रीले विभिन्न दलहरूलाई सरकारमा सामेल गरेर आज गर्नु भएको मन्त्रिपरिषदको गठन र मन्त्रीहरुको कार्य विभाजन गर्दा अपनाएको नीतिमाथि ध्यान दिँदा प्रचण्ड नेतृत्वमा बनेको पहिलेको सरकारलाई हाम्रो पार्टीले दिएको समर्थन फिर्ता लिने निर्णय गरेका छौँ ।

२. हाम्रो पार्टी सम्मिलित नेका, माओवादी समेतको पाँचदलीय गठबन्धन एमालेको प्रतिगामीनीतिका विरुद्ध नै केन्द्रित रहेको थियो।प्रतिगमनका विरुद्ध गठन भएको पाँचदलीय गठबन्धनले विभिन्न निर्वाचनमा एमालेको प्रतिगमन-उन्मुख राजनीतिक दिशाका कारण नै ऊसँग कुनै पनि स्तरमा तालमेल नगर्नेसमेत नीति अपनाएको थियो । एमालेको प्रतिगमन-उन्मुख नीतिमा अहिले पनि कुनै सुधार वा परिवर्तन भएको छैन । एमालेको नीतिमा कुनै परिवर्तन वा सुधार नभई ऊसँग मिलेर मन्त्रिपरिषद्को गठन गर्ने कार्य सही हुन सक्दैन ।

३. प्रत्यक्ष रूपले अमेरिकी साम्राज्यवादको नीति लागू गर्न बनेको र उसैको निर्देशनमा चल्ने संगठनलाई समेत सरकारमा सामेल गर्ने कार्यलाई हाम्रो दलले गम्भीरतापूर्वक लिएको छ । त्यो संगठनको प्रमुख नेता उपर विगतमा विभिन्न मुद्दा चलेका र हाल पनि सहकारी ठगीमा अनुसन्धान तथा मुद्दा चलिरहेको व्यक्तिलाई गृहजस्तो मन्त्रालय दिएर उनका सबै अपराधबाट उन्मुक्ति दिने कार्य हुनेछ।

४. प्रधानमन्त्री प्रचण्डले सुशासनमा आफ्नो जोड रहेको दाबी गर्दै आए पनि दर्जनौँ सहकारीका करोडौँ रुपैयाँ ठगीमा मुछिएका व्यक्तिलाई गृह मन्त्रालय दिने कार्यले प्रचण्डको लाचारीपनलाई नै देखाउँछ ।

५. प्रतिगामी दिशा-उन्मुख एमाले तथा अमेरिकी साम्राज्यवादको निर्देशनमा चल्ने संगठन तथा त्यसको मुख्य नेतृत्व जुन सहकारीको करोडौँ रुपैयाँ ठगी काण्डमा मुछिएका व्यक्तिसमेतको सहभागितामा बनेको वर्तमान सरकारबाट प्रतिगमन, भ्रष्टाचारलाई बल पुग्ने तथा राष्ट्रियतामा गम्भीर आँच आउने कुरा स्पष्ट नै छ । त्यो अवस्थामा वर्तमान सरकारलाई समर्थन गर्न नसक्ने कुरा यसै विज्ञप्तिमार्फत स्पष्ट गर्न चाहन्छौँ ।

६. यो सरकारले आगामी दिनहरूमा अपनाउने नीति र कार्यका आधारमा त्यसप्रति हामीले आफ्नो नीति स्पष्ट गर्दै जानेछौँ ।

२०८० फागुन २४ गते ।
चित्रबहादुर केसी
अध्यक्ष

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४