Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

के देउवाले गगनको प्रस्तावमा सहमति जनाएका हुन् त् ?


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन ८ २०८०
  • 2.4K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक सोमबारबाट सुरु भएको छ । ललितपुरको गोदावरीमा सोमबारबाट भएको महासमिति बैठकमा मंगलबार विभिन्न चार वटा प्रतिवेदन पेस गरिने भएको हो ।

मंगलबार बिहान ९ बजेपछि सुरु हुने बन्द सत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसायिक र अर्थमन्त्रीसमेत रहेका डा. प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र चुनौतीबारे प्रतिवेदन पेस गर्ने तय भएको छ ।

‘राजनीतिक स्थायित्व, रूपान्तरण र नवीनता स्वतन्त्रता न्याय र समानता नेपाली कांग्रेसको नीतिगत प्रतिबद्धता’ भन्ने मूल नाराका साथ महासमिति सुरु भएको महासमिति बैठक फागुन १० गतेसम्म चल्नेछ । बैठकमा वर्तमान केन्द्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सदस्य १६५, प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्ने महासमिति सदस्य एकहजार ७८०, नेपाली जनसम्पर्क समितिबाट ८९, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट ६९ सहित झण्डै २५ सय जनाको सहभागिता छ ।

गगनको प्रस्तावमा देउवा सहमत !
महामन्त्री थापाको सांगठनिक प्रतिवेदनको एक विषयलाई लिएर सभापति देउवा असहमत रहँदै आएकोमा गएराति अबेरसम्मको छलफलपछि सहमति जुटेको भनिएको छ ।०८४ को निर्वाचनमा एक्लै लड्ने वा गठबन्धनको विकल्प खुला राख्ने भन्ने विषयमा सत्तारूढ दल कांग्रेसभित्र गम्भीर मतभेद देखिएको थियो ।

महामन्त्री थापाले महासमितिमा पेस गर्ने प्रस्तावमा ‘०७९ को चुनावमा गठबन्धन गर्नु हाम्रो बाध्यता थियो, तर नेपाली कांग्रेस दृढ संकल्प गर्छ कि हामी आगामी चुनावहरू हाम्रो आफ्नै तागतमा एक्लै लड्ने छौं, र हाम्रा समर्थक/शुभेच्छुकलाई रूख चिह्नमा मात्रै मत हाल्न पाउने सुनिश्चित गर्नेछौं’ भन्ने लेखिएपछि सभापति देउवा असन्तुष्ट थिए ।

मध्यमार्गी सहमति खोज्ने वा हलमा दुई प्रस्ताव पेस गर्ने भन्ने विकल्पमा सोमबार राति छलफल भएको थियो, जसमा सभापति देउवा लचक देखिएको दाबी थापानिकट नेताहरूको छ । तर, देउवा पक्षले यसको पुष्टि गरेको छैन ।

छलफलमा सहभागी एक पदाधिकारीका अनुसार केही नेताहरूले कांग्रेस आजै यति कमजोर छ भनेर सोधेपछि सभापति देउवा बोलेका थिए । उनले ‘ल ठीक छ, प्रस्तावको कुरा मानेँ, छपाइ गर्न पठाए हुन्छ’ भनेका हुन् ।

अर्का महामन्त्री विश्वप्रकाश शर्माका अनुसार पार्टी पदाधिकारी र पूर्वपदाधिकारीबीच सोमबार राति भएको छलफलमा थापाको प्रस्तावमा मध्यमार्गी बाटो खोज्ने समझदारी बनेको छ । उनका अनुसार परिमार्जन गरिने प्रस्तावमा ‘योभन्दा अघिको गठबन्धन बाध्यता थियो भन्ने मनन गर्दै कांग्रेस दृढ संकल्प गर्छ कि, हामी भविष्यमा हुने आवधिक निर्वाचनहरू आफ्नै तागतमा एक्लै लड्ने छौं, रूख चिह्नमा मात्रै मतदान गर्नेछौं’ भन्ने उल्लेख हुनेछ ।

महामन्त्री थापाले यसअघि चुनावी गठबन्धनका विषयमा राखेको प्रस्तावको सारलाई मर्न नदिईकन सांगठनिक प्रतिवेदन परिमार्जन हुने शर्माको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४