Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाली कांग्रेस महासमिति बैठक आजदेखि गोदावरीमा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन ७ २०८०
  • 4.1K
    SHARES

काठमाडौं । नेपाली काँग्रेसको महासमिति बैठक सोमबारदेखि ललितपुरको गोदाबरीमा शुरु हुँदैछ । बैठकको उद्घाटन पार्टीका सभापति शेरबहादुर देउवाले ललितपुरको गोदावरीस्थित सनराइज हलमा दिउँसो १ बजे गर्ने जनाइएको छ ।

नेपाली काँग्रेसमा महासमिति बैठक महाधिवेशन पछिको शक्तिशाली निकाय मानिन्छ । महाधिवेशनका लागि दिशा निर्देश गर्नसक्ने महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म चल्नेछ ।

बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक, प्रवक्ता तथा अर्थमन्त्री प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेश गर्नुहुनेछ । यी सबै प्रस्तावहरूमाथि छलफल गर्न हिमाल, पहाड र तराईको प्रतिनिधित्व हुने गरी चार वटा समूह बनाइनेछ । महासमिति बैठकले पार्टीले लिने नीतिहरु तय गर्नेछ ।

महासमिति बैठकमा वर्तमान पदाधिकारी तथा केन्द्रीय सदस्यहरू १६५ जना, प्रतिनिधि सभा क्षेत्रबाट प्रतिनिधित्व हुने गरी महासमिति सदस्यहरू १ हजार सात सय ८० जना, नेपाली जनसम्पर्क समितिबाट ८९ जना, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट ६९ जना, महासमिति सदस्य नरहेका जिल्ला सभापति ४६ जना सहभागी हुने छन् ।

महासमितिका लागि देशभित्रका र बाहिरका गरी करिब २१ सय प्रतिनिधि सहभागी हुने अपेक्षा काँग्रेस पार्टीको छ । महासमिति बैठक सम्बन्धी सबै किसिमका नियमित वा आकस्मिक सूचना प्रवाह गर्ने प्रविधियुक्त सूचना केन्द्र पनि स्थापना गरिएको छ भने डिजिटल बोर्डबाट कम्तीमा तीन स्थानमा सूचना दिने व्यवस्था मिलाइएको छ । कार्यक्रमको उद्घाटन र समापनको प्रत्यक्ष प्रसारण गरिने छ भने प्रत्येक दिन तीन–तीन घण्टामा सञ्चारमाध्यमलाई समाचार दिने व्यवस्था मिलाइएको काँग्रेसले जनाएको छ ।

कांग्रेसको ‘नीति अधिवेशन’ को रूपमा लिइने यस बैठकलाई व्यवस्थित र प्रभावकारी ढंगले सञ्चालन गर्ने उद्देश्यका साथ विभिन्न ९ वटा उपसमिति समेत गठन गरिएको छ । महासमिति बैठकस्थलको सुरक्षार्थका लागि ७६ वटा सिसी क्यामरा जडान गरिएको छ भने सुरक्षाकर्मीका लागि पनि छुटटै स्थानको व्यवस्था गरिएको छ ।

महासमिति बैठक अवधिभर स्वास्थ शिविर पनि सञ्चालन गरिने भएको छ भने सूचना, सञ्चार तथा प्रचार विभागले उत्पादन गरेका सामग्री बिक्री तथा वितरण केन्द्रमा राखिने छ । महासमितिको बैठक हल बाहिर विभिन्न चमेनास्थलको व्यवस्था गरिने भएको छ । बैठकका सहभागीहरुका लागि खाने बस्ने व्यवस्था भने नगरेको बुझिएको छ । यस्तै कार्यक्रम उद्घाट्नको दिन बिहान ९ बजेदेखि कार्यक्रम स्थलमा रक्तदान कार्यक्रम समेत हुनेछ । जसमा बैठकका सहभागी तथा काँग्रेस कार्यकर्ताले स्वेच्छाले रक्तदान गर्न सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४