Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अझै छोडेन प्रजिअलाई राणाशासन र राजतन्त्रको धङधङीले


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, माघ १३ २०८०
  • 4.8K
    SHARES

काठमाडौँ । २०७९ चैत्र महिनामा रामेछापको प्रमुख जिल्ला अधिकारी बनेर जिल्ला आएकी प्रजिअ अनिता निरौलाले पत्रकार भेटघाट कार्यक्रम राखेर पत्रकारलाई कसरी पत्रकारिता गर्ने भन्ने सिकाएकी थिइन् । उनले पत्रकार भेटघाट कार्यक्रममा बोलाएर पत्रकारलाई पत्रकारिता पढाएकी थिइन् ।

त्यो बेला रामेछापका केही मिडियाले ’पत्रकार भेटघाटमै प्रजिअ निरौलाले सिकाइन् पत्रकारिता’ भन्ने खालका समाचार प्रकाशन गरे । तर पत्रकार महासंघ रामेछापले पहिलो पटक हो, मौका दिनु पर्छ भन्यो र सबै पत्रकारहरू मौन बसेका थिए  ।

तर फेरि पनि प्रजिअ निरौलाले पत्रकारलाई पत्रकारिता सिकाउने दुस्साहस गरिन् । बिहीबार जिल्लाका पत्रकारहरूलाई आफ्नो कार्यकक्षमा डाकेकी (सिडिओ) निरौलाले आफूहरूले विधि र कानुन अनुसार गर्न मिल्ने सबै गरेको भए पनि सञ्चारमाध्यमले प्रशासनले केही गर्न सकेन । पाल ओढाउन दिएन सम्म भनेर समाचार प्रकाशन गरिएको भन्दै पत्रकारमाथि आक्रोश पोखिन् । उनले भनिन्( तपाईँहरूले पत्रकारिता बुझेको छु, मैले सुरुमै सिकाएकी थिएँ त, के समाचार लेखेको ‘सिडिओले पाल ओढाउन दिइनन्’ ।

प्रजिअ निरौलाको अमर्यादित व्यवहार प्रति आपत्ति जनाउँदै शुक्रवार पत्रकार महासंघ रामेछापले जिल्ला भित्रका क्रियाशील पत्रकारहरूलाई आफ्नै कार्यकक्षमा डाकेर पत्रकारहरू माथि नै आक्रोशित र अमर्यादित व्यवहार गरेको भन्दै विज्ञप्ति निकाल्यो । महासंघले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले सिङ्गो पत्रकारिता माथि नै आँच पु¥याउने गतिविधि गरेकोमा आपत्ति जनायो।

विज्ञप्ति जारी गर्दै पत्रकार महासंघ रामेछापले शुक्रवार ‘आफूले रामेछापमा कार्यभार सम्हाल्नासाथ समाचार लेख्न सिकाउँदा समेत सही समाचार सम्प्रेषण नगरेको कुराले आफूलाई दुखित बनाएको भन्ने जस्ता अभिव्यक्ति प्रति’ घोर भर्त्सना व्यक्त गर्दै यस प्रकारको विवादास्पद अभिव्यक्ति नदोहो¥याउन समेत चेतावनी दिएको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेले हस्ताक्षर गरेको विज्ञप्तिमा ‘आम सञ्चारकर्मी साथीहरूको आत्मसम्मानमा चोट पुग्नुका साथै स्वतन्त्र प्रेस माथिको ठाडो हस्तक्षेप भएको महासंघको ठहर छ’ भनिएको छ ।

जिल्ला प्रशासन कार्यालय रामेछापकी प्रजिअ निरौलाको कार्यकक्षमा पुग्दा लाग्छ हामी फेरी राणा शासनकालमा फर्किएका छौँ । बिहीबार गरिएको छलफलमा प्रजिअ निरौलाले भिडियो र अडियो समेत रेकर्ड नगर्न आदेश दिईन् ? पत्रकारले भिडियो अडियो रेकर्ड गर्न नहुने ? प्रजिअ निरौलालाई राणाशासन र राजतन्त्रको धङधङीले अझै नछोडेको हो ?

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४