Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गुगलमा आउँदैछ गज्जबको फिचर, बोलेरै इमेल लेख्न सकिने


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ ११ २०८०
  • 3.4K
    SHARES

काठमाडौं । यदि तपाइँ जिमेल प्रयोगकर्ता हुनुहुन्छ भने खुसीको खबर छ । गुगलको सबैभन्दा लोकप्रिय इमेल सर्भिस जिमेलले छिटै नै एक नयाँ एआई फिचर थप गर्दैछ ।

यो फिचरसँगै तपाईंले अब जिमेलमा इमेल लेख्नका लागि औंलालाई दु:ख दिनु पर्दैन । तपाईंले बोलेकै भरमा इमेल लेखिनेछ ।

स्मरण रहोस् गुगलले गत वर्षको आफ्नो डेभलपर्स कन्फ्रेन्समा Help Me Write नामक फिचर लञ्च गरेको थियो । गुगलको यो फिचरले सेकेण्डभरमा इमेलको ड्राफ्ट तयार गर्न सक्दछ । यसका लागि गुगलले एडभान्स्ड मेसिन लर्निङ एल्गोरिदमको प्रयोग गर्दछ ।

नयाँ फिचरका विषयमा गुगलले आफ्नो ब्लगमा उल्लेख गरेअनुसार प्रयोगकर्ताले केवल एउटा कमान्ड मात्रै दिनुपर्नेछ र त्यसपछि इमेल ड्राफ्ट तयार हुनेछ । त्यसपछि आफ्नो सुविधा र आवश्यकता अनुसार त्यसलाई सम्पादन गरेर पठाउन सकिनेछ ।

एन्ड्रोइड पुलिसको एक रिपोर्ट अनुसार प्रयोगकर्ताले छिटै नै भ्वाइस कमान्ड दिएर जिमेल लेख्न सक्नेछन् । यो नयाँ फिचर सुरुमा मोबाइल प्रयोगकर्ताका लागि मात्र उपलब्ध हुनेछ र पछि वेब भर्सनमा पनि लगिनेछ ।

नयाँ अपडेटसँगै जिमेल एपमा compose mail बिटनसँगै एउटा ठूलो माइक बटन पनि देखिनेछ । सोही बटनमा ट्याप गरेर आफुले लेख्न चाहेको इमेल वाचन गर्नुपर्नेछ । अनि तपाईंले बोले अनुसारको लिखित ड्राफ्ट जिमेलमा तयार हुनेछ ।

जिमेलको यो नयाँ फिचर पहिलोपटक गत अक्टोबरमा परीक्षणका क्रममा देखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४